3 years ago
February 17, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाल र कप्तान सुजल श्रेष्ठले क्लबको सफलता चोटग्रस्त टोलीका फरवार्ड मनिष डाँगीलाई समर्पण गरेको बताएका छन् । दशरथ रंगशालामा बुधबार सातदोबाटो युथ क्लबलाई १–० ले हराएको मछिन्द्र लिगका आफ्ना बाँकी दुई खेल अघि नै उपाधि रक्षा गर्न सफल भएको थियो ।
मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन बनेको छ । सफलताको खुसी साट्दा मनिष टोलीका साथमै थिए । यसअघि शनिबार च्यासलविरुद्धको खेलमा टाउकोमा चोट लागेर घाइते भएका मनिष बुधबार टोलीको सफलतामा खुसी साट्न आमाका साथमा मैदान पुगेका थिए । मनिष मंगलबार मात्र ब्लु क्रस अस्पतालबाट डिस्चार्ज भएका थिए ।
खेलको ६६ औं मिनेटमा विपक्षी खेलाडीसँग टाउको ठोक्किदा मनिष मैदानमा ढलेका थिए । त्यो घटनामा उनको ३ मिनेट होस गुमेको थियो । मेडिकल टोलीको रेस्क्यूपछि उनलाई अस्पताल लगिएको थियो । ४ दिन अस्पताल बसेका उनलाई समान्य अवस्थामा रहेपछि डिस्चार्ज गरिएको थियो ।
‘मनिषको च्यासलविरुद्ध खेल्दा दुर्घटना भयो । उनलाई छिटो भन्दा छिटो ग्राउन्डमा देख्न पाओस भनेर हो । हामीले आज उनलाई बोलाएका थियौं,’ प्रशिक्षक कटुवालले भने, ‘उनलाई पनि हौसाल हुन्छ। टोलीलाई नि नि भयो । यो जित मनिषका लागि पनि समपर्ण गछौं ।’
कप्तान सुजलले पनि प्रशिक्षक कटुवालको भनाईमा सहमति जनाए । ‘मनिष घाइते भएका थिए। दुःखद घटना भएको थियो ,’ उनले भने, ‘तीन दिन अघि त्यस्तो भयो । उसको लागि खेल्नुपर्छ भन्ने थियो । अहिले ग्राउन्डमा नै आएका छन् । यो जित उसको लागि समपर्ण गछौं ।’
जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ । अब मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हार बेहोरेपनि दोस्रो स्थानको टोलीले भेट्नेछैन । दोस्रो स्थानको मनाङको २० अंक छ । छैटौ चरणमा उपाधि दाबेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो । त्यसपछि मछिन्द्रले सातदोबाटोसहित लगातार छैटौ जित दर्ता गरेको छ ।
मछिन्द्रको च्याम्पियन यात्रा
मछिन्द्रविरुद्ध एनआरटी (२–१)
आर्मीविरुद्ध मछिन्द्र (०–०)
जावलाखेलविरुद्ध मछिन्द्र (०–२)
शेर्पाविरुद्ध मछिन्द्र (०–३)
संकटाविरुद्ध मछिन्द्र (०–०)
मनाङविरुद्ध मछिन्द्र (०–१)
पुलिसविरुद्ध मछिन्द्र (०–१)
मछिन्द्रविरुद्ध फ्रेन्ड्स (१–०)
बिबिसीविरुद्ध मछिन्द्र (०–४)
मछिन्द्रविरुद्ध च्यासल (२–०)
मछिन्द्रविरुद्ध सातदोबाटो (१–०)
April 4, 2025
सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो। दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएल अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ । दुई खेलमा १ अंक मात्र जोड्न सकेको बुटवललाई जित दर्ज गर्ने दबाब छ। तर दुवै टिमले पहिलो हाफमा फितलो प्रदर्शन […]