default_image

2 years ago

February 16, 2022

बायर्नलाई साल्जवर्गको चुनौती

69 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज (बुधबार) अष्ट्रियन क्लब रेडबुल साल्जवर्गले घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल रेडबुल एरिना वाल्समा नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ । उपाधिको बलियो दावेदार बायर्नलाई घरेलु मैदानमा स्तब्ध पार्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ ।

अष्ट्रियन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको साल्जवर्ग करिम एडियमी, नोआ ओकाफोर, निकोलस सेइवाल्ड, ब्रेन्डेन आरोनसन, निकोलस कापाल्डो, मोहम्मेद कामरा, एन्ड्रिएस अल्मेर, म्याक्सिमिलियन, ओवेर, ओउमर सोलेट, रासमुस क्रिस्टेन्सेन र गोलरक्षक फिलिप कोल्न रहेका छन् ।

यता, बायर्न पनि अवे जित निकाल्दै दोस्रो लेगलाई सहज बनाउँदै अघिल्लो चरण पुग्ने लक्ष्यमा हुनेछ । बुन्डेसलिगाको पछिल्लो खेलमा वोचुमसँग ४–२ ले स्तब्ध भएको बायर्न साल्जवर्गलाई हराउँदै बायर्न जितको लय पक्रन चहान्छ । बायर्न २२ खेलबाट ५२ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

टोलीसँग गोलमेसिन रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए साने, किङ्सले कोमान, योसुवा किम्मिख, सर्ज जिनाब्री, लुकास हर्नान्डेज, निकोलस सुल, बेन्जामिन पाभार्ड र गोलरक्षक तथा कप्तान म्यानुयल नुएर रहेका छन् ।

यि दुई टोली चौथोपटक भिड्न लागेका हुन् । यसअघिको तीन भेटमा बायर्नले दुई तथा साल्जवर्गले एक खेल आफ्नो पक्षमा पारेको छ । सन् २०२० को समूह चरणमा बायर्नले दुवै खेलमा फराकिलो जित निकाल्न सफल भएको थियो ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.