default_image

3 years ago

February 15, 2022

‘बी’ डिभिजन लिग फागुन १८ देखि

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग १८ फागुनबाट हुने जानकारी गराएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा लिगको खेल तालिका सार्वजनिक गरिएको थियो । तालिका अनुसार लिग १८ फागुनबाट शुरु भएर २७ चैतमा सकिनेछ । लिगमा १४ टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ । लिगको पहिलो दिन तीन खेल हुनेछ । दुई राउन्डको खेलपछि एक दिन विश्राम राखिएको छ । चार दिनमा दुई राउन्डको १४ खेल हुनेछ । हरेक दिन दुई वा तीन खेल हुनेछ ।

हरेक क्लबले कम्तीमा २० देखि बढीमा ३५ खेलाडी दर्ता गर्न पाउनेछन् । विदेशी खेलाडी राख्न पाउनेछैनन् । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता २०७८ र सि डिभिजन लिग छनोट फुटबल प्रतियोगिता २०७८ मा छनौट भएका ३ वटा क्लबहरुबाट दर्ता भएका खेलाडी खेलाउन पाउनेछैन । उनीहरु सोही क्लबबाट खेल्नुपर्नेछ ।

लिगमा रानी पोखरी कर्नर टिम (आरसिटि), श्री भगवती क्लब, टुसाल युवा क्लब, झम्सिखेल युथ क्लब, ब्वाईज युनियन क्लब, मध्यपुर युथ एसोसियसन, खुमलटार युवा क्लब, श्री कुमारी क्लब, बाँसवारी क्लब, नयाबस्ती युवा क्लब, सरस्वती युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, सामाजिक युवा क्लव र चर्च ब्वाइज युनाइटेड क्लब रहेका छन् ।

सरस्वती शीर्ष डिभिजनबाट घटुवा भएको हो । चर्च ब्वाइज युनाइटेड ‘सी’ डिभिजन लिग च्याम्पियन तथा वीरगन्ज युनाइटेड र सामाजिक युवा क्लब दोस्रो र तेस्रो स्थानमा रहँदै ‘बी’ डिभिजन लिगमा बढुवा भएका टोली हुन् ।

यसपटक लिगको शीर्ष दुईमा रहने टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछ । पुछारका दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । एन्फाले प्रतियोगितामा सहभागी टिमलाई १२ लाख ५० हजार रुपैया तीन किस्तामा प्रदान गर्नेछ । पहिलो किस्ता ६ लाख, दोस्रोमा ४ लाख र तेस्रो किस्तामा २ लाख ५० हजार प्रदान गरिनेछ ।

‘बी’ डिभिजन च्याम्पियन हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले ५ लाख रुपैया हात पार्नेछ । प्रत्येक खेलमा विजयी हुने टिमलाई २५ हजार र खेल बराबरी भएको खण्डमा समान ६ हजार ५ सय प्रदान गरिनेछ । लिग भरको अनुशाषित टोलीले १ लाख रुपैया पाउनेछन् । सर्वाेत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैया जित्नेछन् ।

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

December 17, 2024

फाल्गुनन्द गोल्डकप- उद्घाटन खेल आयोजक‌ र करसाङबीच हुने

दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]

Success

Thank you for your time.