3 years ago
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अर्को महिना भारतमा आयोजना हुने साफ यू १९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । साफ चैत १ देखि ११ गते सम्म भारतको जम्सेदपुरमा हुनेछ ।
नेपाल, आयोजक भारत र बंगलादेश गरि ३ राष्ट्रको सहभागिता रहने च्याम्पिनसिपमा सबै टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् । डबल राउन्ड लिगपछि शीर्ष रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफले जनाएको छ ।
नेपाल र भारतबीच चैत १ गते च्याम्पियनसिपको उद्घाटन खेल हुनेछ । नेपालले बंगलादेशसँग दोस्रो खेल बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले चैत ७ गते भारत र चैत ९ मा पुनः बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]