3 years ago
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ३–० ले पछि परेको स्थिति उल्ट्याएर फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबविरुद्ध रोमाञ्चक बराबरी खेलेको छ । फ्रेन्ड्सले जावलाखेलसँग ३–३ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलमा जावलाखेलका लोइक एनजिमीको दुई तथा रुप बहादुर लामाको एक गोल गरे । फ्रेन्ड्सका नाथानिल जुडे गार्सियाले दुई तथा जमोल एन्थोनी फ्रान्कोइसले एक गोल गरे ।
खेलको ११औं मिनेटमा लोइक एनजिमीले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका हुन् । निकोलस फर्नान्डेसको फ्रिकिकमा सुरज ज्यू ठकुरीको प्रहारलाई गोलरक्षक बचाएपनि हुल मुलमा लोइकले गोल गर्न सफल भएका थिए ।
३९औं मिनेटमा लोइक एनजिमीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । उनले यसपटक पनि निकोलस फर्नान्डेसको पासमा गोल गर्न सफल भएका थिए ।
४३औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई पहिलो हाफमा ३–० ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नाथानिल जुडे गार्सियाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।
७१औं मिनेटमा नाथानिल जुडे गार्सियाले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको थप गरिएको दोस्रो मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए ।
यो बराबरीसँगै अंक तालिकामा कुनै परिवर्तन भएको छैन । जावलाखेल ११ खेलबाट १० अंक जोडेर ११औं स्थानमा तथा फ्रेन्ड्स ७ अंक जोडेर १२औं स्थानमा यथावत रहेको छ ।
April 4, 2025
सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो। दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएल अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ । दुई खेलमा १ अंक मात्र जोड्न सकेको बुटवललाई जित दर्ज गर्ने दबाब छ। तर दुवै टिमले पहिलो हाफमा फितलो प्रदर्शन […]