3 years ago
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्रका फरवार्ड मनिष डाँगी अस्पतालबाट मंगलबार डिस्चार्ज भएका छन् । सहिद स्मारक ए डिभिजन लिमगा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलको ६६ औं मिनेटमा टाउकोमा चोट लागेपछि मनिषलाई ब्लु क्रस अस्पतालमा भर्ना गरिएको थियो ।
सबै अवस्था सामान्य भएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको र अहिले घर फर्केको मछिन्द्रका फिजियो सुरज भुसालले जानकारी दिए । लिगका बाँकी खेलमा भने उनलाई नखेलाउन आफूले प्रशिक्षकलाई सल्लाह दिने भुसालले बताए । ‘अब उनको अवस्था सामान्य छ । त्यसैले अस्पतालले घर पठाएको छ । टाउँकोमा दुईवटा टाँका लगाएको छ । फुटबल कन्ट्याक्ट गेम भएकोले तत्काल रिस्क लिनु उपयुक्त नहुने भएकाले म प्रशिक्षकलाई उनलाई तत्काल नखेलाउन सल्लाह दिन्छु, भुसालले भने ।
६१ औं मिनेटमा सुनिल बलको ठाँउमा मैदान प्रवेश गरेको ५ मिनेट पछि नै मनिष घाइते भएका थिए । बल नियन्त्रणमा लिने प्रयासमा विपक्षी खेलाडी यान्निक केट्चासँग ठोक्किदा मनिष टाउकोमा चोट लागेर मैदानमा ढलेका थिए । उनी झण्डै ६ मिनेट अचेत भएका थिए । च्यासलका खेलाडी, फिजियो सुरज , एन्फाकी फिजियो नविना श्रेष्ठको प्रयासपछि उनी होस खुलेको थियो ।
April 4, 2025
सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो। दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएल अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ । दुई खेलमा १ अंक मात्र जोड्न सकेको बुटवललाई जित दर्ज गर्ने दबाब छ। तर दुवै टिमले पहिलो हाफमा फितलो प्रदर्शन […]