3 years ago
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलको रुपमा रहेको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न सकेका छैनन् । ३६औं मिनेटमा अजित गुरुङको हेडरलाई बिबिसीका डिफेन्डरले हेडरमार्फत क्लियर गर्दै च्यासलको अग्रता टारे ।
पछिल्लो ५ खेलमा जम्मा १ अंक जोडेका दुवै टोली जितसहित रेलिगेसन जोन छाड्न चाहन्छन् । तर यसका लागि फ्रेन्ड्सको नतिजाले पनि प्रभाव पार्नेछ । अंक बराबरी भए हेड टु हेड नतिजाले पनि स्थान निर्क्यौल गर्ने भएकाले दुवै टोली यो खेल जित्दै रेलिगेसनको डर कम गर्ने प्रयासमा हुनेछन् ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]