3 years ago
February 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एघारौं चरणको खेलमा आज दुई रेलिगेसन भिडन्तका खेल हुँदैछन् । दुवै खेल एकै समयमा हुने कारणले पनि प्रतिस्पर्धा थप रोमान्चक हुने अपेक्षा गरिएको छ । रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेका कारण यी दुवै खेल ‘६-पोइन्टर’ हुनेछन् ।
अंक तालिकाको पुछारमा रहेका ४ टोलीबीच प्रतिस्पर्धा हुँदा सबै टोलीसँग रेलिगेसन क्षेत्र छाड्ने समिकरण छ । अझ जावलाखेलसँग त रेलिगेसनको डर पूर्ण रुपले समाप्त पार्ने अवसर पनि छ । यता च्यासल अंक तालिकाको पुछारमा रहेकाले बढी दबाबमा देखिन्छ ।
एन्फा कम्प्लेक्समा दिउँसो १ बजे फ्रेन्ड्स क्लब र जावलाखेल युवा क्लब भिड्दैछन् । ६ अंक जोडेको फ्रेन्ड्सले ९ अंकसाथ ११ औं स्थानमा रहेको जावलाखेललाई हराए दुवै टोलीले स्थान बदल्नेछन् । यससँगै फ्रेन्ड्सको रेलिगेसन बच्ने सम्भावना पनि हुनेछ । पछिल्लो खेलमा लिगको पहिलो जित दर्ता गरेको फ्रेन्ड्स उच्च मनोबलका साथ खेल्नेछ । जावलाखेल पनि स्तर अनुसार प्रदर्शन गर्दै नवौं स्थानमा उक्लने सुरमा हुनेछ ।
दिउँसो १ बजे नै दशरथ रंगशालामा ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लवबीच प्रतिस्पर्धा हुनेछ । पछिल्लो ५ खेलमा जम्मा १ अंक जोडेका दुवै टोली जितसहित रेलिगेसन जोन छाड्न चाहन्छन् । तर यसका लागि फ्रेन्ड्सको नतिजाले पनि प्रभाव पार्नेछ । अंक बराबरी भए हेड टु हेड नतिजाले पनि स्थान निर्क्यौल गर्ने भएकाले दुवै टोली यो खेल जित्दै रेलिगेसनको डर कम गर्ने प्रयासमा हुनेछन् ।
आजको खेलमा जावलाखेलले जित हासिल गरे फ्रेन्ड्स पुन: रेलिगेसन क्षेत्रमा खस्नेछ । बिबिसी र च्यासलले बराबरी खेलेमा त्यसले फ्रेन्ड्सलाई फाइदा पुग्ने देखिन्छ । लिगको ११ औं चरणमा फ्रेन्ड्स र च्यासल खेल्ने हुनाले पनि यो दुई खेल जित्ने टोलीले रेलिगेसन टार्ने समिकरण बनेको छ ।
बिबिसीले अन्तिम दुई खेलमा सातदोबाटो र थ्री स्टारको सामना गर्ने हुनाले अब क्लबले रेलिगेसन टार्न आजको खेल जित्नुको विकल्प छैन । च्यासलले यसपछि फ्रेन्ड्स र अन्तिम खेलमा सातदोबाटोको सामना गर्नेछ । फ्रेन्ड्सले भने यसपछि च्यासल र अन्तिम खेलमा हिमालयन शेर्पाको सामना गर्नेछ ।
अंक तालिका:
April 4, 2025
सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ। चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो। दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएल अन्तर्गत एफसी चितवन र बुटवल लुम्बिनीबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा चितवन लगातार दोस्रो जित निकाल्ने दाउमा छ । दुई खेलमा १ अंक मात्र जोड्न सकेको बुटवललाई जित दर्ज गर्ने दबाब छ। तर दुवै टिमले पहिलो हाफमा फितलो प्रदर्शन […]