default_image

3 years ago

February 15, 2022

पिएसजी र रियल म्याड्रिड भिड्दै

98 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार रातिबाट प्रि–क्वाटरफाइनलको चरण अन्तर्गत पहिलो लेगको दुई खेल हुँदैछ । निकै प्रतिक्षित खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनिस क्लब रियल म्याड्रिड आमाने–सामाने हुँदैछन् ।

खेल पिएसजीको मैदान पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ । स्टार खेलाडीले भरिएको फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी र स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियलबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

घरेलु मैदानमा हुने खेलमा पिएसजी पहिलो लेगमा सफलता हात पार्दै दोस्रो लेगलाई सहज बनाउन चहान्छ । चोटका कारण नोभेम्बर अन्तिम साता यता मैदान बाहिर रहेका ब्राजिली सुपरस्टार नेयमारको यस खेलबाट नै पूनरागमन गर्न सक्नेछन् । नेयमारको आगमनले हौसिएको पिएसजीसँग अर्जेन्टिनी स्टार लियोनेल मेस्सीसँगै फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको साथ रहेको छ ।

यसबाहेक टोलीसँग जियानलुइजी डोन्नररुम्मा, अचरफ हाकिमी, मार्किन्हस, प्रेसनेल किमपेम्वे, मार्काे भेराट्टी, इड्रिसा गुआई, जर्जिन्हो वाइनाल्डम, एन्जल डि मारिया, लियान्द्रो ड्यानियल पारेडेस, ड्यानिलो, नुनो मेन्डिसलगायतको खेलाडीको साथ रहेको छ ।

यता, रियल पनि अवे जित निकाल्दै दोस्रो लेगलाई थप सहज बनाउने लक्ष्यमा मैदान उत्रनेछ । लयमा रहेका स्टार फरवार्ड करिम बेन्जेमाले खेल्ने सम्भावना न्यून रहेको छ । बेन्जेमाको अनुपस्थितिमा रियलको अग्रपङ्ति कमजोर देखिएको छ ।

तर, टोलीसँग भिनिसियस जुनियर, रोड्रिगो, इडेन हाजार्ड, ग्यारेथ बेल, इस्को, मार्काे एसेन्सियो, लुका जोभिक, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, डेभिड अलाबा, इडर मिलिसाओ, मार्सेलो, फर्लान्ड मेन्डी, ड्यानी कार्भाजल, नाचो फर्नान्डेज, लुकास भास्क्वेज, इडुआर्डाे कामाभिंगा र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

हालसम्म यि दुई टोली ९ पटक एक आपसमा भिडेका छन् । इतिहासलाई केलाउँदा रियलले ५ खेलमा सफलता हात पार्दा पिएसजीले दुई खेल जितेको छ । २ खेल बराबरीमै सकिएको छ । पछिल्लो तीन खेलको नतिजा हेर्दा समान एक जित, बराबरी र हारको नतिजा छ । सोही कारण पनि यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अर्काे प्रि–क्वाटरफाइनलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपी र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ । खेल स्पोर्टिङको मैदानमा राति १:४५ बजे हुनेछ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.