default_image

2 years ago

February 14, 2022

रोहित सम्मिलित पर्सिजाको रोमाञ्चक बराबरी

110 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले इन्डोनेसिया लिग वानमा रोमाञ्चक बराबरी खेलेको छ । १० खेलाडीमा समेटिएको पर्सिजाले घरेलु पर्सिवाय सुरावायसँग ३–३ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।

पर्सिजाले सुरुवाती अग्रता लिनका बावजुत ३–१ ले पछि परेको अवस्थाबाट खेललाई बराबरीमा ल्याउन सफल भएको हो । पर्सिवाय सुरावायका टेइसेइ मारुकावा, रिक्की काम्वुएया र साम्सुल एरिफ मुनिपले गोल गर्दा पर्सिजाका मकान कोनाटेले दुई तथा मार्काे सिमिकले एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै मार्काे सिमिकको गोलबाट पर्सिजाले सुरुवाती अग्रता लिएको थियो ।

१५औं मिनेटमा टेइसेइ मारुकावाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४८औं मिनेटमा रिक्की काम्वुएयाले गोल गर्दै घरेलु टोलीलाई २–१ ले अघि बढाए । ६५औं मिनेटमा रियुजी युटोमो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि खेलमा पछि परेको पर्सिजा थप समस्यामा परेको थियो ।

८४औं मिनेटमा सामसुल एरिफ मुनिपले गोल गरेपछि पर्सिजा खेलमा ३–१ ले पछि परेको थियो । तर, त्यसपछि पर्सिजाले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए । ८७औं मिनेटमा मकान कोनाटेले गोल गर्दै पर्सिजाको आशा देखाए । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा मकान कोनाटेले पेनाल्टीमा गोल गर्दै पर्सिजालाई हारबाट जोगाए ।

बराबरीसँगै पर्सिवाय सुरावाय २५ खेलबाट ४५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पर्सिजा २४ खेलबाट ३४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.