default_image

3 years ago

February 14, 2022

रिउस चम्कदा डर्टमन्डको सानदार जित

152 views

0 Bookmark

एजेन्सी – कप्तान मार्काे रिउसको प्रभावशाली प्रदर्शनमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सानदार जित दर्ता गरेको छ । डर्टमुन्डले घरेलु टोली युनियन बर्लिमाथि ३–० को सहज जित निकालेको हो ।

डर्टमुन्डको जितमा कप्तान रिउसले दुई तथा राफयल गुरेइरोले एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।
बर्लिनमा आइतबार रासत भएको खेलको १८औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमुन्डलाई १–० को अग्रता दिलाए । उनले मामुद दाहुदको पासमा गोल गर्न सफल भएका थिए ।

२५औं मिनेटमा कप्तान रिउसको व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । उनले यसपटक डोनेल मालेनको पासलाई सदुपयोग गरेका थिए । ७१औं मिनेटमा राफयल गुरेइरोले गोल गर्दै डर्टमुन्डको सहज जित पक्का गरे । ७३औं मिनेटमा युनियन बर्लिनका केभिनले गोल गरेपनि गोलले मान्यता पाएन ।

यो जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ६ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको डर्टमुन्डको २२ खेलबाट ४६ अंक रहेको छ । समान खेलबाट शीर्षस्थानको बायर्नको ५२ अंक छ । पराजित बर्लिन ३४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.