3 years ago
February 14, 2022
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष चारको दौडमा रहेको युभेन्ट्स र एटलान्टाले बराबरी खेल्दै अंक बाँडेका छन् । एटलान्टा र युभेन्ट्सले १–१ गोलको बराबरी खेलेको हो ।
अन्तिम समयमा सम्हालिन नसक्दा घरेलु टोली एटलान्टाले युभेन्ट्ससँग अंक बाड्न बाध्य बन्यो । घरेलु टोलीका रुस्लान मालिनोभ्स्कीले गोल गर्दा युभेन्ट्सका डानिलोले बराबरी गोल फर्काए । जिविस स्टेडियम बरगामोमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो ।
७६औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले रेमो फ्रेउलेरको पासमा गोल गर्न सफल भए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए । उनले पाउलो डिबालाको पासमा गोल गर्न सफल भएका थिए ।
बराबरीसँगै युभेन्ट्स २५ खेलबाट ४६ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । एक खेल कम खेलेको एटलान्टा ४४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा सस्सुलो र रोमाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । रोमाका ट्याम्मी अब्राहम र ब्रायन क्रिस्टान्टेले गोल गर्दा सस्सुलोका हामेद ट्राओरेले गोल गर्दा एक गोल उपहार पाएको थियो । जियान मार्काे फेरारी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सस्सुलो १० खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै रोमा २५ खेलबाट ४० अंक जोडेर सातौ स्थानमा रहेको छ । सस्सुलो ३० अंक जोडेर १२औं स्थानमा रहेको छ ।
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]