3 years ago
February 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको समाप्तीमा मछिन्द्र फुटबल क्लबले एकतर्फी अग्रता बनाउँदा बिग्रेड ब्वाइज क्लब (बिबिसी) माथि पनि रेलिगेसन खतरा बढेको छ ।
मछिन्द्रले विजय यात्रालाई निरन्तरता दिदा रेलिगेसन दबाबलाई थोरै कम गर्ने क्रममा फ्रेन्ड्स क्लबले लिगमा पहिलो जित दर्ता गराएको छ । बिबिसीमाथि ५–२ को जित निकाल्दै फ्रेन्ड्स अंक तालिकाको १२ औं स्थानमा उक्लदा बिबिसी १३ औं स्थानमा झरेको छ । लगातार दबाब खेपिरहेको च्यासल युथ क्लबले मछिन्द्रसँग २–० को हार बेहोरेको थियो ।
त्यो खेल नतिजाले भन्दा पनि मनीष डाँगीको चोटका कारण बढी स्मरणीय रहनेछ । ६६ औं मिनेटमा बल लिने क्रममा विपक्षी खेलाडीसँग ठोक्किदा मनीष मैदानमा ढलेका थिए । झण्डै ७ मिनेट उनी अचेत रहे । च्यासल र मछिन्द्रका खेलाडी, मछिन्द्रका फिजियो सुरज भुसाल, एन्फाकी फिजियो नवीना श्रेष्ठको मदतमा मनीष होसमा आएका थिए ।
खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले चुस्त व्यवस्थापन नहुनु दुःखद रहेको बताए । युरो कपमा डेनमार्क इरिक्सनको घटनालाई याद दिलाउने गरि मनीषको घटना भएको थियो । इरिक्सनलाई भने हृदयघात भएको थियो । मनीष टाउकोको चोटका कारण वेहोस भएका थिए । तत्काल ब्लुक्रस पुर्याएका मनीषको परिक्षणपछि अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्थापित क्लबहरुलाई हराउने क्रमलाई निरन्तरता दिने क्रममा नवप्रवेशी सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई १–० ले हरायो । जावलाखेल युथ क्लबविरुद्ध इन्जुरी समयमा बराबरी गोल फर्काउँदा त्रिभुवन आर्मी फुटबल क्लब जारी लिगमा पहिलो हारबाट जोगियो । जावलाखेल र आर्मीले १–१ को बराबरी खेलेका थिए । मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले १–१ को बराबरी खेले । त्यो नतिजाले शीर्षस्थानको मछिन्द्रलाई नै फाइदा पुगेको छ । १० औं चरणका आइतबार भएका अन्तिम दुई खेलमा एनआरटी र हिमालयन शेर्पा क्लब तथा संकटा र एपिएफ फुटबल क्लबले गोलरहित बराबरी खेले ।
१० औं चरणका ३ खेलमा जित हार निस्कदा ४ खेल भने बराबरीमा टुंगिएका थिए । जसमा १४ गोल भएको थियो । लिगमा आइतबार सम्म ७० खेल सकिएका छन्। अब अन्तिम २१ खेल बाँकी छन्। अहिले सम्मका खेलमध्ये ४६ खेलमा जित हार भएको थियो । २४ खेल बराबरीमा टुंगियो । १३ खेल गोलरहित र ११ खेल गोलसहित बराबरी भएका छन् । पहिलो हाफमा ६० र दोस्रो हाफमा ७९ गरि अहिले सम्म १ सय ३९ गोल सम्भव भएको छ ।
सातदोबाटोका अजायी मार्टिन्स र मनाङका ओलावाले अफिजले मात्र ह्याट्रिक गरेका छन् । ४ खेलाडीको नाममा आत्मघाती गोल रहेको छ । लिगमा अहिले सम्म २ सय २ पहेलो कार्ड ३ रातो कार्ड प्रयोग भएको छ । ६ खेलाडीले पेनाल्टीमा गोल गरेका छन् भने ३ खेलाडी पेनाल्टीमा गोल गर्नबाट चुकेका छन् । मनाङका ओलावाले र मछिन्द्रका सुनिल बल समान ६ गोलका साथ लिगको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को सम्पूर्ण नतिजा र खेल तालिका यहाँ थिच्नुहोस
जम्मा खेलः ७०
४६ जितको नतिजा
२४ बराबरीको नतिजा [१३ खेल गोलरहित, ११ खेल गोलसहित]
जम्मा गोल – १३९ [पहिलो हाफमा गोल – ६० गोल, दोस्रो हाफमा गोल – ७९ गोल]
ह्याट्रिक – २ [अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध, ओलावाले अफिज (मनाङ) च्यासलविरुद्ध]
आत्मघाती गोल – ४ [करण रावत (सातदोबाटो) एपीएफविरुद्ध, सिमान्त थापा (जावलाखेल) मछिन्द्रविरुद्ध, रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) मछिन्द्रविरुद्ध, अमृत श्रेष्ठ (शेर्पा) थ्री स्टारविरुद्ध]
पहेंलो कार्डः २०२
रातो कार्ड – ३ [रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध (दोहोरो पँहेलो कार्ड), बालगोपाल साहुखल (च्यासल–प्रशिक्षक) मनाङविरुद्ध (दोहोरो पहेंलो कार्ड), रजत तिवारी (बिबिसी) फ्रेन्ड्सविरुद्ध (सिधै रातो कार्ड)]
पेनाल्टीमा गोल – ६ [सुमन लामा (पुलिस) – मनाङविरुद्ध, प्रिजेन तामाङ (फ्रेन्ड्स) – एपिएफविरुद्ध, विश्वास श्रेष्ठ (शेर्पा) – सातदोबाटोविरुद्ध, मोउसा एवांगा (च्यासल)) – पुलिसविरुद्ध, अनिल गुरुङ (बिबिसी) – फ्रेन्ड्सविरुद्ध, आकाश बुढा मगर (सातदोबाटो) पुलिसविरुद्ध]
पेनाल्टी मिस – ३ [विकास मेराग्लिया (थ्री स्टारविरुद्ध), शिशिर लेखी (मनाङविरुद्ध), मार्टिन एडेल्फे सिलो नंगा (शेर्पाविरुद्ध)]
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]