default_image

3 years ago

February 13, 2022

फाविन्होको गोलमा लिभरपुलको जित, टोटेनहमको अर्काे हार

141 views

0 Bookmark

एजेन्सी – ब्राजिली सेन्ट्रल मिडफिल्डर फाविन्होको गोलमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । लिभरपुलले रेलिगेसन क्षेत्रको पुछारमा रहेको बर्नलेलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

ट्रफ मुर बर्नलेमा आइतबार राति भएको खेलमा फाविन्होले पहिलो हाफमा गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । उनले ४०औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको लिभरपुलले गोलको लागि ४०औं मिनेटमा कुर्नुपरेको थियो । एलेक्सान्डर आर्नाेल्डको कर्नरमा फाविन्होले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

अफ्रिका कप अफ नेसन्सपछि स्टार फरवार्डद्धय मोहम्मद सलाह र साडियो मानेले लिभरपुलको पहिलो रोजाईमै खेलेपनि सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् ।

जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानेचस्टर सिटीसँगको अंक दुरी ९ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको २४ खेलबाट ५४ अंक पुगेको छ । एक खेल बढी खेलेको सिटीको ६३ अंक छ । पराजित बर्नले २१ खेलबाट १४ अंक जोडेर पुछारमा रहेको छ ।

अर्काे खेलमा टोटेनहम हटस्पर घरेलु मैदानमा वल्भ्ससँग २–० ले स्तब्ध बनेको छ । टोटेनहमलाई स्तब्ध पार्न वल्भ्सका राहुल जिमिनेज र लिएन्डर डेन्डनकरले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । टोटेनहमले लगातार दोस्रो हार बेहोरेको हो । यसअघि टोटेनहमले घरेलु मैदानमै साउथह्याम्टनसँग ३–२ ले पराजित भएको थियो ।

यो जितसँगै वल्भ्स २३ खेलबाट ३७ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित टोटेनहम २२ खेलबाट ३६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

October 31, 2024

लिभरपुल र आर्सनलको जित

एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो ।  ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]

Success

Thank you for your time.