default_image

8 years ago

November 28, 2016

मोरङलाइ पाखा लगाउदै बि.आर.सी सेमीफाइनलमा

97 views

0 Bookmark

हाम्रो खेलकुद – दुहवीमा जारी मनमोहन दुहवी गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको तेश्रो क्वार्टरफाइनल खेलमा फ्यान्स क्लब बि.आर.सीले मोरङ फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्यो।

15203321_1806110322938290_6997747840768409476_n

गोलरक्षक बिनय श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि बि.आर.सीले मोरंगलाइ सदन डेथमा ४-३ले पाखा लगाउदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। म्यान अफ द म्याच पाएका विनयले नगद रु पांच हजार पुरस्कार पाए।

यस प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा भोलि सेरे एफसी, कलिम्पोंग र रमपम झापा एघार भिड्दैछन्। त्रिभुवन आर्मी क्लब र लक्ष्मी हुन्डाई मनाङ्ग मर्श्यन्ग्दी क्लबले यसअघी नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.