3 years ago
February 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको १९औं मिनेटमा सनम लिम्वुको क्रसमा स्टेफन समिरले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसक्दा शेर्पाका गोलरक्षक दीप कार्कीले सहजै बचाए ।
२५औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको २० यार्ड टाढाको फ्रिकिकलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए । ३१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । सरोज तामाङले क्लियर गर्न ढिला गर्दा विश्वासले सुवर्ण अवसर पाएका थिए ।
पहिलो हाफको इनयुरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान विश्वासको उत्कृष्ट पासमा विसन गुरुङले भेट्नुअघि नै गोलरक्षक अजितले डाइभ दिदै बचाएर एनआरटीको खतरा टारे ।
५३औं मिनेटमा आशिष गुरुङको प्रहारलाई गोलरक्षक अजितले पञ्च गर्दै बाहिर फाल्दा शेर्पा अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा त्रिदेव गुरुङको प्रहारलाई गोलरक्षक अजितले पञ्च गर्दै बचाउँदा जितबाट वञ्चित बन्यो ।
बराबरीपछि एनआरटी १० खेलबाट १४ अंक जोडेर सातौ तथा १२ अंकसहित शेर्पा आठौं स्थानमा यथावत रहेको छ । एनआरटीले संकटासँग अक बराबरी गरेपनि गोल अन्तरमा पछि छ ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]