3 years ago
February 13, 2022
एजेन्सी – १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले रोमाञ्चक जित निकाल्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । एट्लेटिकोले घरेलु मैदानमा गेटाफेमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।
एक समय २–० को अग्रता लिएको एट्लेटिको ३–२ ले पछि परेको अवस्थाबाट दुई गोल थप्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले दुई तथा म्याथिअस कुन्हा र मारियो हर्माेसोले गोल गरे । गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गरे ।
स्टेडियो वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा लुइस सुआरेज पेनाल्टीमा चुक्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा एन्जल कोरेआले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । २७औं मिनेटमा म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे ।
३०औं मिनेटमा बोर्जा मायोरलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३७औं मिनेटमा इनेस युनालले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ४२औं मिनेटमा इनेस युनालले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि एट्लेटिको खेलमा ३–२ ले पछि पर्यो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा एन्जल कोरेआले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । मोउरो एरामवारीमाथि अनावश्यक फउल गरेपछि फिलिपे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा टोलीलाई दवाव बढेको थियो ।
तर, निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा मारियो हर्माेसोले गोल गर्दै एट्लेटिकोलाई रोमाञ्चक जित दिलाए । जितसँगै एट्लेटिको २३ खेलबाट ३९ अंक जोडेर शीर्ष चारमा उक्लिएको छ । पराजित गेटाफे २५ अंक जोडेर १५औं स्थानमा छ ।
अर्काे खेलमा शीर्षस्थानमा रहेको रिलय म्याड्रिड घरेलु टोली ग्रानडासँग गोलरहित बराबरीमा रोकिएको छ । दुवै टोलीले गोलका केही सुवर्ण अवस खेर फालेका थिए । खेलको अन्तिम समयमा लुका जोभिकको प्रहार क्रसबारमा लागेर फर्कदा र रिवाउन्डका नाचो फर्नान्डेसको प्रहार सर्जी औरिएरले गोललाइनबाट बचाउँदा रियल जितबाट वञ्चित बन्यो ।
यो बराबरीसँगै रियलले शीर्षस्थानमा आफ्नो अग्रतालाई थप मजवुत बनाउने मौका गुमाएको छ । रियलको २४ खेलबाट ५४ अंक छ । रियलले दोस्रो स्थानको सेभियालाई ४ अंकले पछि पारेको छ । भिल्लारियल ३६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]