default_image

3 years ago

February 13, 2022

शीर्षस्थानको बायर्नको लज्जास्पद हार

187 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले लज्जास्पद हार बेहोरेको छ । बायर्नले घरेलु टोली वोकमसँग ४–२ को हार बेहोरेको हो ।

वोकमले बायर्नलाई सन् १९९१ पछि पहिलो पटक हराएको हो । त्यतिबेला वोकमले २–० को जित निकालेको थियो । त्यसपछि २००८–९ को सिजनमा ३–३ गोलको बराबरी खेलेको थियो । वोकमले यसै सिजनमा गत सेप्टेम्वरमा भएको खेलमा बायर्नसँग ७–० को लज्जास्पद हार बेहोरेको थियो ।

वोचुममा शनिबार राति भएको खेलमा बायर्नलाई लज्जास्पद हार चखाउन क्रिस्टोफोर एन्टी अजेज, योर्गेन लोकेडिया, क्रिस्टियन गाम्वोआ र जेरिट हल्टमानले गोल गरे । बायर्नका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेपनि हार टार्न सकेन ।

खेलको नवौं मिनेटमा लेवान्डोस्कीको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । उनले किङ्सले कोमानको पासमा गोल गर्न सफल भएका थिए । तर त्यो अग्रतालाई बायर्नले जोगाउन सकेन । १४औं मिनेटमा क्रिस्टोफोर एन्टी अजेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि घरेलु टोलीले ७ मिनेटमा अन्तरमा तीन गोल थप्दै पहिलो हाफमै ४–१ को अग्रता लिन सफल भएको थियो । ३८औं मिनेटमा योर्गेन लोकेडियाले पेनाल्टीमा गोल गर्दै घरेलु टोली वोकमलाई २–१ को अग्रता दिलाए । जेरिट हल्टमानलाई पेनाल्टी बक्समा उपमेकानोले फउल गरेपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो ।

४०औं मिनेटमा क्रिस्टियन गाम्वोआले गोल गर्दै वोकमलाई ३–१ ले अघि बढाए । ४४औं मिनेटमा जेरिट हल्टमानले गोल गरेपछि वोकम पहिलो हाफमा ४–१ ले अघि बढ्यो । ७५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै बायर्नलाई खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बायर्नले हार बेहोर्न पुग्यो ।

यो हारसँगै बायर्नले आफ्नो शीर्षतालाई थप मजवुत बनाउने अवसर गुमाएको छ । बायर्नको २४ खेलबाट ५२ अंक छ । बायर्न अझैपनि ९ अंकले अघि छ । बोरुसिया डर्टमुन्डको ४३ अंक छ । बायर्नलाई हराएको वोकम २८ अंक जोडेर ११औं स्थानमा उक्लिन सफल भएको छ ।

November 1, 2024

फुटबलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाई प्रियाले नगदसहित सम्मान गरेको छ । ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रवार साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान पत्र र गिफ्ट ह्याम्परदले सम्मान गरेको हो । ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा १३औं दक्षिण […]

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

Success

Thank you for your time.