3 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीचको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गाल गर्न सकिरहेका छैनन् । खेलको दोस्रो मिनेटमा अन्जन विष्टको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले सहजै बचाए ।
आठौं मिनेटमा रुपेश केसीको प्रहार पोस्ट नजिकैबाट थोरै बाहिरियो । १६औं मिनेटमा हेमन्त थापामगरको पासमा अन्सुमाना क्रोमाहको पेनाल्टी बक्सबाहिरको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो ।
२८औं मिनेटमा आयुष घलानको क्रसलाई मनाङका गोलरक्षक अशोक बरालले पञ्च गर्दे बचाए । ३२औं मिनेटमा हेमन्तको क्रसमा सन्जोक राई चुके । ४१औं मिनेटमा ओलावाले ओलाडिपो अफिजले सुवर्ण अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]