3 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– टाउकोमा चोट लागेर उपचार गराइरहेका मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी खतरा मुक्त रहेको ब्लु क्रस अस्पतालले जनाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलमा टाउकोमा चोट लागेपछि मनिषलाई थप उचारका लागि दशरथ रंगशाला नजिकको ब्लु क्रस लगिएको थियो ।
ब्लु क्रसले शनिबार दिउँसो ३ः४५ विज्ञप्ती जारी गर्दै मनिषको आकष्मिक कक्षमा उपचार भइरहेको जनाएको छ । ‘च्यासलविरुद्धको खेलमा मनिषको टाउकोमा चोट लागेको थियो । अहिले उनको अवस्था सामान्य र स्थिर रहेको छ । थप जानकारी पछि दिइने छ । उनी खतरा मुक्त रहेका छन्,’ विज्ञप्तीमा भनिएको छ ।
६१ औं मिनेटमा सुनिल बलको ठाँउमा मैदान प्रवेश गरेको ४ मिनेट पछि नै मनिष घाइते भएका थिए । बल नियन्त्रणमा लिने प्रयासमा विपक्षी खेलाडी यान्निक केट्चासँग ठोक्किदा मनिष टाउकोमा चोट लागेर मैदानमा ढलेका थिए । केहि समय मैदानमा अचेत भएर ढलेका मनिषलाई थप उचारका ब्लुक्रस अस्पताल लगिएको थियो ।
मछिन्द्र फरवार्ड विमल घर्तीमगरले म्यान अफ दी म्याच घाइते सहकर्मी मनिष डाँगीलाई समर्पण गरेका थिए । खेलपछि विमलले मनीष घाइते भएकोमा दुःख व्यक्त गरेका थिए । ‘ जुन घटना घट्यो भयो । त्यसले के बोलु के नबोलु जस्तो भएको छ । खेल जित्दा खुसी पनि छु । अर्कोतर्फ मनिष चोटग्रस्त भए त्यसमा भने दुःखी छु, उनले भने,‘ मछिन्द्रको मात्र होइन मनिष देशको उदाउँदा खेलाडी घाइते भएका छन् । अहिले ठिकै छ भन्ने सुनेको छु । मनिष भाई लाई गेट वेल सुन भन्न चाहन्छु । र यो अवार्ड डेडिकेट पनि भाईलाई नै गर्न चाहन्छु ।’
मछिन्द्रले च्यासललाई २–० ले पराजित गर्दै लिगको १०औं खेलसम्म अपराजित रहन सफल भएको छ । मछिन्द्रको जितमा अर्को गोल सुनिल बलले गरेका थिए । यो जितसँगै मछिन्द्रको उपाधि होड थप मजवुत बनेको छ । जितसँगै अपराजित रहेको मछिन्द्रको १० खेलबाट २६ अंक पुगेको छ । मछिन्द्रसँगको हारसँगै च्यासललाई रेलिगेसनको थप दबाव बढेको छ । च्यासलको १० खेलबाट ५ अंक जोडेर पुछारमा छ ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]