default_image

3 years ago

February 12, 2022

विमलको म्यान अफ दी म्याच अवार्ड मनिषलाई समर्पण

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका फरवार्ड विमल घर्तीमगरले म्यान अफ दी म्याच घाइते अवार्ड सहकर्मी मनिष डाँगीलाई समर्पण गरेका छन् । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २–० ले हराएको खेलमा विमल म्यान अफ दी म्याच चुनिएका थिए ।

सोही खेलको ६५ औं मिनेटमा बल नियन्त्रणमा लिने प्रयासमा विपक्षी खेलाडी यान्निक केट्चासँग ठोक्किदा मनिष टाउकोमा चोट लागेर मैदानमा ढलेका थिए । केहि समय मैदानमा अचेत भएर ढलेका मनिषलाई थप उचारका लागि दशरथ रंगशालाका नजिकको ब्लुक्रस अस्पताल लगिएको थियो । अहिले उनको अवस्था स्थिर रहेको र सिटी स्क्यानको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

खेलपछि विमलले मनीष घाइते भएकोमा दुःख व्यक्त गरे । ‘ जुन घटना घट्यो भयो । त्यसले के बोलु के नबोलु जस्तो भएको छ । खेल जित्दा खुसी पनि छु । अर्कोतर्फ मनिष चोटग्रस्त भए त्यसमा भने दुःखी छु ,’ उनले भने,‘ मछिन्द्रको मात्र होइन मनिष देशको उदाउँदा खेलाडी घाइते भएका छन् । अहिले ठिकै छ भन्ने सुनेको छु । मनिष भाई लाई गेट वेल सुन भन्न चाहन्छु । र यो अवार्ड डेडिकेट पनि भाईलाई नै गर्न चाहन्छु ।’

मछिन्द्रले च्यासललाई २–० ले पराजित गर्दै लिगको १०औं खेलसम्म अपराजित रहन सफल भएको छ । मछिन्द्रको जितमा अर्को गोल सुनिल बलले गरेका थिए । यो जितसँगै मछिन्द्रको उपाधि होड थप मजवुत बनेको छ । जितसँगै अपराजित रहेको मछिन्द्रको १० खेलबाट २६ अंक पुगेको छ । मछिन्द्रसँगको हारसँगै च्यासललाई रेलिगेसनको थप दबाव बढेको छ । च्यासलको १० खेलबाट ५ अंक जोडेर पुछारमा छ ।

April 11, 2025

आइपिएलमा चेन्नई र कोलकाता भिड्दै

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]

April 11, 2025

सहाल लिभरपुलमा थप २ वर्ष रहने

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]

April 11, 2025

एनआरटीको अध्यक्षमा जोशी र भट्टराईको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]

Success

Thank you for your time.