3 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनीष डाँगी घाइते भएका छन् । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबविरुद्धको खेलको ६५ औं मिनेटमा उनी घाइते भएर ढलेपछि उपचारका लागि एम्बुलेसनमा राखेर अस्पताल लगिएको छ ।
उनको चोट कति गम्भिर भन्ने जानकारी आइसकेको छैन । हेड गरेर बल लिनका लागि जम्प गर्दा विपक्षी खेलाडीको प्रहारबाट उनी ढलेका थिए । ६५औं मिनेटमा बल खोस्ने क्रममा च्यासलका यान्निक केट्चाको प्रहार मनीषको टाउकोको पछाडि भागमा लागेको थियो । त्यसपछि मैदानमा ढलेको मनीषको मैदानमै समान्य उपचारपछि अस्पताल लगिएको थियो ।
त्यो घटनामा झन्डै ९ मिनेट खेल रोकिएको थियो । मनिष ६१औं मिनेटमा सुनिल बलको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यति बेला सम्म मछिन्द्र खेलमा २–० ले अगाडि थियो ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]