3 years ago
February 12, 2022
काठमाडौं हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर र मिडफिल्डर सुनिल बलको गोलमा लिग लिडर मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।
मछिन्द्रले पहिलो हाफमा २–० को अग्रता लिएको हो । त्रिपुरेश्वस्थित दथरथ रंशालामा शनिबार भएको खेलको चौथो मिनेटमा विशाल राईको फ्रिकिकलाई गोलरक्षक अर्पण कार्कीले पञ्च गर्दै बचाए ।
नवौ मिनेटमा अजित गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहारलाई विशाल श्रेष्ठले मुस्किलले नियन्त्रणमा लिदा च्यासल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमै बल क्लियर गर्ने क्रममा बिमल घर्तीमगरसँग ठोक्किन पुग्दा गोलरक्षक अर्पण घाइते हुन पुग्दा खेल ८ मिनेट रोकिएको थियो । पछि उनी खेल्न नसक्ने भएपछि अर्का गोलरक्षक प्रदिप भण्डारी १७औं मिनेटमा मैदान छिरेका थिए ।
१७औं मिनेटमा बिमल घर्तीमगरले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । रेजिन धिमालको कर्नरमा बिमलले हेड पोलमा लाग्दै गोलमा परिण हुदा भर्खरै मैदान छिरेका गोलरक्षक प्रदिपले रोक्ने कुनै मौका नै पाएन । जारी लिगमा विमलको यो चौथो गोल हो ।
३५औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । उनले विमलको पासमा सुन्दर फिनिस गरेका थिए । जारी लिगमा सुनिलको यो छैटौं गोल हो । ३९औं मिनेटमा मौसा एवागनाको प्रहारलाई डाइभ दिदै बचाउँदा च्यासल अग्रता कम गर्नबाट चुक्यो ।
सुरुवाती ह्वीसिल बज्नुअघि कमल श्रेष्ठले आफ्नो जर्सी नम्वरविनै अर्काे नम्वरमा मैदान उत्रिएपछि खेल सुचारु हुन केही ढिला भएको थियो । खेल केही वेर ढिला सुरु भएपनि रेफ्रीको निर्णयपछि खेल सुचारु गरिदा च्यासलले १० खेलाडीमा रहेर खेलको सुरुवात गरेको थियो । च्यासलले सुरुवाती पाँच मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो । त्यसपछि उनको स्थानमा सागर थापालाई मैदानमा प्रवेश गराइएको थियो ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]