3 years ago
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ– मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबबीचको खेललाई नेपाली फुटबलमा निकै महत्वका साथ हेरिन्छ । अझ यो खेललाई घरेलु फुटबलमा ‘एल क्लासिको’ को रुपमा हेरिने गर्दछ ।
यि दुई टोलीबीच मैदान भित्र र बाहिर पनि उत्तिकै रस्साकस्सी हुने गर्दछ । आज (शनिबार) यही दुई टोली यो सिजनको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धातमा उत्रदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ४ः४५ बजेपछि हुनेछ ।
कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङलाई यसपटक उपाधि होडमा रहन यो खेल निकै महत्वपूर्ण छ । बराबरी वा हारको नतिजाले मनाङलाई उपाधि होडमा रहन चुनौती बन्नेछ ।
सोही कारण उपाधि दौडमा रहेको मनाङ थ्री स्टारलाई हराउँदै उपाधि यात्रालाई जीवितै राख्ने लक्ष्यमा मैदानमा हुनेछ । मनाङ ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङको बराबरी या हारले मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ ।
अन्जन विष्टको कप्तानीमा मैदान उत्रने मनाङसँग लिगको सर्वाधिक गोलकर्ताको दौडमा रहेका आफिज ओलावाले, पुजन उपरकोटी, दिनेश राजवंशी, विशाल सुनार, विमल राना, एडेलाजा सोमिडे, फ्रान्कलिन कोटेटाला, आदित्य चौधरी, दयानन्द सिंह, निशान लिम्बु, प्रवेश कुवँर, दीपक राई र नितिन थापाको साथ रहेको छ ।
थ्री स्टार पनि मनाङलाई हराउँदै दोस्रो स्थानमा उक्ले लक्ष्यमा हुनेछ । नियमित कप्तान विक्रम लामाको अनुपस्थितिमा अनन्त तामाङले मनाङविरुद्धको खेलको नेतृत्व गर्नेछ । उनी मनाङसँगको खेलपछि इन्डियन सुपर लिग (आइएसएल) का लागि भारत जानेछ ।
उनी आइएसएल क्लब इस्ट बंगालमा अनुबन्धित भएका छन् । टोलीसँग अनन्तसँगै हेमन्त थापामगर, अन्सुमाना क्रोमाह, सन्जोक राई, निशान खड्का, प्रिसो, लाकेन लिम्वु, राफयल रिमगागो, मिक्चेन तामाङ, डोना थापा, ऋतिक कुमार खड्का र सेम मर्टनको साथ रहेको छ ।
मनाङलाई हराउन सके थ्री स्टारले मनाङसँगको अंक बराबरी गर्नेछ । थ्रीस्टार ९ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ । यि दुई टोलीले २०७६ को लिगमा २–२ गोलको बराबरी खेलेको थियो । त्यसबेला मनाङका लागि दुवै गोल अन्जन विष्टले गर्दा थ्री स्टारका लाल रम्मावियाले गरेका थिए ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]