3 years ago
February 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल हुन सकेको छैन । खेलको दोस्रो मिनेटमा सन्तोष तामाङको कर्नरमा डिफेन्डर र गोलरक्षकबीच तालमेल नमिल्दा आएको बलमा जर्जप्रिन्स कार्कीको प्रहार सिमन्त थापालाई लाग्दै फर्कदा गोलरक्षक टिकेन्द्र सिंह थापाले नियन्त्रणमा लिन सफल भए ।
२४औं मिनेटमा ओनगुना निकेंगे जुनियरकले एकल प्रयासमा गरेको प्रहारलाई गोलरक्षक विकेश कुथुले दोस्रोबारतर्फ डाइभ दिदै पञ्च गर्दा जावलाखेल अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा सुमन अर्याल र विकास तामाङबीच समन्वय नमिल्दा ओनगुनाले बल भेट्दै गरेको प्रहारलाई विकेशले नै उत्कृष्ट बचाउ गरे ।
त्यसमै निकोलस फर्नान्डेसको कर्नरमा सिमन्त थापाको हेड सदुपयोग हुन सकेन । ३१औं मिनेटमा कप्तान भत खवासको प्रहारलाई गोलरक्षक टिकेन्द्रले सहजै नियन्त्रणमा लिए ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]