3 years ago
February 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।
फ्रेन्ड्सले रेलिगेसनकै डरमा रहेको बीबीसीविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सका सुशिल शाह, श्यामबाबु क्याप्छकी र जमोल एन्थोनी पउलले गोल गरे । बीबीसीका ड्यानी जुनियर वाम्वाले एक गोल फर्काए ।
खेलको १४औं मिनेटमा सुशिल शाहले फ्रिकिकमार्फत दर्शनीय गोल गर्दै फ्रेन्ड्सलाई १–० को अग्रता दिलाए । ड्याडी जुनियर वाम्वाले कपतान नाथानिल जुडे गार्सियालाई फउल गरेपछि प्राप्त फ्रिकिकमा फ्रेन्ड्सका लागि पहिलो खेल खेलिरहेका सुशिलले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार पहिलो बार च्याप्दै दर्शनीय गोल गर्न सफल भएका थिए ।
२५औं मिनेटमा ड्याडी जुनियर वाम्वाले फ्रिकिकमै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । असिम भुसालले भुवन बस्नेतलाई फउल गरेपछि आर्कबाहिर प्राप्त फ्रिकिमा ड्यानीले बार चइाप्दै गरेको प्रहारलाइ फ्रेन्ड्सका गोलरक्षक राहुल रामचन्द्र यादवले बचाउने प्रयास गरेपनि जोगाउन सकेन ।
२७औं मिनेटमा श्यामबाबु क्याप्छकीले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को अग्रता दिलाए । रन्दिप पौडेलले नाथानिल जुडे गार्सियामाथि फउल गरेपनि रेफ्रीले फ्रेन्ड्सलाई एडभान्टेज खेलाउँदा विकास थापा, जमोल एन्थोनी पउल र श्याम बाबुको समन्वयमा गोल गर्न सफल भएका थिए ।
उक्त गोलमा विवादमा उत्रिएपछि रेफ्री प्रज्वल क्षेत्रीले ३०औं मिनेटमा वैकल्पिक खेलाडी रजत तिवारीलाई सिधै रातो कार्ड तथा गोलरक्षक र सहायक प्रशिक्षकलाई पहेलो कार्ड देखाइएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जमोल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्सलाई पहिलो हाफमा ३–१ को अगता दिलाए । निसेन सुब्बाको फ्रिकिकलाई जमोल एन्थोनीले हेडमार्फत गोल गर्न सफल भएका थियो ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]