3 years ago
February 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शुक्रबार) देखि १०औं चरणका खेलहरु शुरु हुदैछ ।
१०औं चरणको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा हुनेछ । दिउँसो १ बजे फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ ।
दुबै टोलीलाई रेलिगेशनको चिन्ता छ । दुवै टोली जित निकाल्दै रेलिगेसन टार्ने योजनामा मैदान उत्रनेछ । बीबीसीको तुलनामा फ्रेन्ड्सलाई बढी रेलिगेसनको डर छ । फ्रेन्ड्सले नवौं चरणसम्म जित निकाल्न सकेको छैन । त्यसैले फ्रेन्ड्स बीबीसीलाई हराउँदै रेलिगेसन जोगाउने लक्ष्यमा मैदान उत्रनेछ ।
बीबीसीविरुद्ध पनि जित निकाल्न नसके फ्रेन्ड्सको रेलिगेसन सम्भावना बढ्नेछ । बीबीसी भने फ्रेन्ड्सलाई पराजित गर्दै रेलिगेशन क्षेत्रमै पर्न चाहदैन । फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ । बीबीसी ६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
दिनको दोस्रो खेलमा ४ः४५ बने त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी जित निकाल्दै शीर्ष स्थानको मछिन्द्र र दोस्रो स्थानको मनाङलाई दबाब बढाउन चाहन्छ ।
जावलाखेल पनि आर्मीलाई रोक्दै रेलिगेशनको दबाबबाट मुक्त हुन चाहन्छ । आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा तथा जावलाखेल ८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]