3 years ago
February 10, 2022
सुबास हुमागाईं, मस्कट
नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालसँग सम्झौता गरेका छन् । यससँगै अनन्त आइएसएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेका छन् ।
अनन्तले सिजनको अन्त्यसम्मका लागि छोटो सम्झौता गरेको बुझिएको छ । उनी अर्को सातासम्म भारत पुग्नेछन् । हाललाई छोटो सम्झौता भएपनि क्लबले उनलाई लामो समयदेखि पछ्याइरहेको थियो । यस सिजनको ४ खेल मात्र बाँकी रहँदा इस्ट बंगाल अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।
रुस्लान थ्री स्टारका लागि ए डिभिजन लिग खेलिरहेका अनन्त गत महिना लिग दौरान चोट बोक्न पुगेका थिए । त्यसयता चोटका कारण रिह्याबमा व्यस्त रहेका उनले गत साता राष्ट्रिय टोलीको खेल पनि गुमाएका थिए । मौरिससविरुद्ध दशरथ रंगशालामा भएको दुवै खेलमा अनन्त विश्राममा रहेका थिए ।
अनन्तले यसअघि स्पेनको मार्बेला युनाइटेडमा प्रशिक्षण गरेका थिए । सुदूरपश्चिम फुटबल क्लबबाट राष्ट्रिय लिग खेल्दै घरेलु फुटबलमा प्रवेश गरेका उनको सन् २०१५ मा साफ यू-१९ च्याम्पियनसिप जित्दा चर्चा सुरु भएको थियो । नेपालले उपाधि जित्दा कार्यवाहक कप्तानका रुपमा विजयी पेनाल्टी प्रहार गरेका उनी त्यसयता नेपालको हरेक सफलतामा साथ रहँदै आएका छन् ।
सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपमा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण जित्दा अनन्तले सानदार प्रदर्शन गरेका थिए । उनी साफ च्याम्पियनसिपमा उपविजेता बन्दा पनि सबै खेलमा सुरुवात गरेका थिए ।
अनन्तले भारतीय क्लबमा अनुबन्ध गर्न रुस्लान थ्री स्टार क्लबबाट फुकुवा पत्र लागिसकेका थिए । विदेशी क्लबमा आवद्ध हुने भएपछि क्लबले उनलाई फुकुवा गरेको हो ।
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]