default_image

3 years ago

February 10, 2022

ब्राजिली आल्भेसलाई दुई खेलको प्रतिबन्ध

86 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले राइट ब्याक आल्भेसलाई २ खेलको प्रतिबन्ध सुनाएको हो ।

आल्भेसले एट्लेटिको म्याड्रिडमाथि ४–२ को जित निकालेको खेलमा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सुरुवाती गोलमा असिस्ट दिएका आल्भेसले त्यसपछि गोल गरेका थिए । तर, उनी नायकबाट खलनायक बनेका थिए । यान्निक कारास्कोमाथि अनावश्यक फउल गरेपछि ६९औं मिनेटमा आल्भेस सिधै रातो खाँदै मैदानबाट बाहिरिएका थिए ।

उनले रातो कार्डका कारण एक खेल स्वत गुमाउने थियो । आरएफइएफले उनलाई थप एक खेलको प्रतिबन्ध सुनाएको हो । दुई खेलको प्रतिबन्धसँगै आल्भेसले क्याटलान डर्वीको स्पान्योल र भ्यालेन्सियाविरुद्धको खेल गुमाउनेछन् ।

आल्भेस बार्सिलोनाको युरोपा टोलीमा समावेश नभएका कारण नेपोलीसँगको दुई लेगको खेलमा पनि उपलब्ध हुनेछैनन् । यसको अर्थ उनी चार खेलपछि मात्रै बार्सिलोनाको टोलीमा समावेश हुनेछ । उनी २७ फेब्रुअरीमा एथलेटिको बिल्वाओविरुद्धको खेलमा उपलब्ध हुनेछ ।

यस्तै आरएफइएफले ओस्कार हर्नान्डेजलाई पनि दुई खेलको प्रतिबन्ध सुनाएको छ ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.