8 years ago
November 27, 2016
हाम्रो खेलकुद – एलेक्सिस स्यान्चेजको दुई गोलको मद्दतले इङ्गलिस प्रिमिएर लिग अन्तर्गत आज भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३-१ले पराजित गरेको छ।
आर्सनलको घरेलु मैदान एमिरेट्स मैदानमा भएको खेलमा एलेक्सिस स्यान्चेजको गोलले आर्सनल अघि बढेको थियो।तर क्यालम विल्सनले पेनाल्टिबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
थियो वाल्कटले दोश्रो हाफमा पुन: आर्सनललाई अग्रता दिलाए र स्यान्चेजले खेलको अन्तिम समयमा गोल गर्दै ३-१को जित सुनिश्चित पारे।
जितसंगै आर्सनल २८ अंक बोकेर लिगको चौथो स्थानमा यथावत रहेको छ।
March 23, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। नेपाल पुलिस क्लबललाई आज टाइब्रेकरमा ४-३ ले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो। बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्डकपको पहिलो खेलमा पराजित भएको छ । आईतवार भएको खेलमा लिग विजेता चर्च व्वाईजले पुलिसलाई […]
March 23, 2025
सुमन अधिकारी, बुटवल एपिएफ फुटबल क्लब बुटवलमा जारी २३ औ तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रुपन्देही ११ लाई आइतवार १-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । हिजो खेल स्थगित हुँदा लिएको १-० को अग्रतालाई जोगाउन एपिएफ सफल रह्यो। शनिवार हावाहुरीका कारण दोस्रो हाफ हुन सकेन । आज रोकिएकै अवस्थाबाौ […]
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]