default_image

3 years ago

February 9, 2022

पहिलो हाफमा च्यासलविरुद्ध पुलिसलाई अग्रता

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत च्यासल युथ क्लबविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।

रवि शंकर पासवानको गोलमा पुलिसले च्यासलविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको ३७औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।

निर कुमार राईको पासमा रविले गरेको क्रस दोस्रो बार च्याप्दै गोलमा परिणत हुँदा गोलरक्षक अर्पण कार्कीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । त्यसअघि खेलको दोस्रो मिनेटमा सुमन लामाको कर्नरमा सुमन सुवेदी हुँदै आएको हेडरमा अजित भण्डारीको हेडरलाई च्यासलका गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए ।

२४औं मिनेटमा तेज तामाङको पेनालटी बक्सबाहिरको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा पुलिस अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा मोउसा एवांगाको बक्स बाहिरको प्रहारले पोस्टको दिशा लिन सकेन ।

पुलिस ८ खेलबाट ७ अंक जोडेर ११औं स्थानमा रहेको छ । पुलिसले १ खेलमा जित हात पार्दा ४ बराबरी र ३ हारको नतिजा निकालेको छ । खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराव प्रदर्शन गर्दा ८ खेलबाट ५ अंक जोडेर रेलिगेसन खतरासहित १३औं स्थानमा रहेको छ । च्यासलले १ जित, २ बराबरी र ५ हारको नतिजा निकालेको छ ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.