3 years ago
February 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको १०औं चरणको खेलहरु शुक्रबारदेखि शुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिगको बाँकी रहेको चारै राउन्डको खेल तालिका सार्वजनिक गरेको छ । अन्तिम राउन्ड अर्थात १३औं राउन्डको समय र भेन्यु तोकिएको छैन । दशथ रंगशालासँगै विकल्पको रुपमा एन्फा मैदान र पोखरा रंगशालालाई राखेको छ ।
१०औं देखि १२औं राउन्डसम्मको खेल २८ माघबाट शुरु भएर १० फागुनमा सकिनेछ । १०औं राउन्डको पहिला खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । सोही दिन त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
साविक विजेता मछिन्द्र फुटबल क्लब अपराजित रहँदै ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । च्यासल ५ अंक जोडेर १३औं तथा फ्रेन्ड्स ३ अंक जोडेर रेलिगेसन जोनमा रहेको छ ।
लिग अन्तरगतको नवौं चरणको पुलिस र च्यासल युथ क्लबबीचको स्थगित खेल बुधबार हुँदैछ ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]