3 years ago
February 7, 2022
एजेन्सी – सर्वाधिक सफल इजिप्टलाई हराउँदै सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ । सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ४–२ ले हराउँदै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे । तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए । इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए ।
त्यसअघि ओम्निस्पोर्ट्स पउल याओन्डेमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा नै साडियो माने पेनाल्टीमा चुक्दा सेनेगलले अग्रता लिने अवसर खेर फालेको थियो ।
सालिओउ सिसलाई पेनाल्टी बक्समा मोहम्मेद एब्डेलमोनेमले फउल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी प्रदान गरेको थियो । तर मानेको पेनाल्टीलाई इजिप्टका गोलरक्षक मोहमेद एवाउगवालले बचाएका थिए । त्यसपछि थप गरिएको अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल टाइ ब्रेकरमा लम्बिएको थियो ।
सेनेगलले तेस्रोपटक फाइनल खेल्दै पहिलोपटक च्याम्पियन बनेको हो । सन् २००२ मा क्यामरुनसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको सेनेगल सन् २०१९ मा अल्जेरियासँग १–० ले पराजित हुँदै उपाधिबाट वञ्चित बन्नुपरेको थियो । तर यसपटक सेनेगल च्याम्पियन बन्न सफल भयो ।
यता, सेनेगलसँगको हारसँगै इजिप्टको आठौंपटक च्याम्पियन बन्ने सपना अधुरै रह्यो । इजिप्टले १० पटक फाइनल खेल्दा ७ पटक उपाधि जितेको छ । सन् १९५७, १९५९, १९८६, १९९८, २००६, २००८ र २०१० मा च्याम्पियन बन्न सफल भएको इजिप्ट १९६२, २०१७ र यसपटक उपाधिबाट वञ्चित बन्यो ।
९ जनवरीदेखि क्यामरुनमा सुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो । हरेक टोलीका शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो हुने चार टोलीले नकआउट चरणमा स्थान बनाएको थियो ।
सेनेगलको च्याम्पियन यात्रा
समूह चरण
सेनेगलविरुद्ध जिम्वावे (१–०) को जित
सेनेगलविरुद्ध गिनिया (०–०) को बराबरी
सेनेगलविरुद्ध मालावी (०–०) को बराबरी
प्रि–क्वाटरफाइनल
सेनेगलविरुद्ध केप भार्डे (२–०) को जित
क्वाटरफाइनल
सेनेगलविरुद्ध इक्वेटोरियल गिनिया (३–१) को जित
सेमिफाइनल
सेनेगलविरुद्ध बुर्किना फासो (३–१) को जित
फाइनल
इजिप्टमाथि टाइब्रेकरमा ४–२ को जित
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]
October 31, 2024
एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो । ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]
October 31, 2024
एजेन्सी – टोटनहम र म्यानचेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा पुगेका छन्। टोटेनहमसँग पराजित हुँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । टोटनहम बुधवार सिटीलाई २-१ ले हराएको हो। खेलको पाचौं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा अग्रता दिलाए । डेजान कुलुसेभस्कीको पासमा वर्नरले गोल गरेका हुन्। पापे माटर सरले २५औं […]