default_image

2 years ago

February 6, 2022

बार्सिलोनाको सानदार जित

186 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले ला लिगामा आइतबार एट्लेटिको म्याड्रिडमाथि ४–२ को सानदार जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । नोभेम्बरपछि बार्सिलोनाले ला लिगामा लगातार दोस्रो जित निकाल्ने क्रममा एट्लेटिकोलाई हराएको हो ।

यद्दपी बार्सिलोना पछिल्लो ६ खेलमा अपराजित रहेको छ । एकरुपताको प्रदर्शन गर्नबाट चुकेपछि एट्लेटिकोले पछिल्ला तीन खेलमा २ जित निकालेको थियो । बार्सिलोनाको जितमा डानी आल्भेस केन्द्रमा रहे । एक गोल गरेका उनले एक एसिस्ट गरेका थिए । तर उनले रातो कार्डको पनि सामना गर्नुपरेको थियो । १० खेलाडीमा सिमित रहँदै बार्सिलोनाले खेलको अन्तय गरेको थियो ।

खेलको आठौं मिनेटमा यानिक कारास्कोको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समय रहन सकने । जोर्डी अल्बाले १० औं मिनेटमा बराबरी गोल फर्काए । २१ औं मिनेटमा गाभीको गोलबाट बार्सिलोनाले अग्रता बनायो । पहिलो हाफका लागि २ मिनेट बाँकी रहँदा रोनाल्डो अरुजोले गोल गरेपछि बार्सिलोना ३–१ ले अगाडि लागेको थियो ।

४९ औं मिनेटमा आल्भेसको गोल बार्सिलोनाको अग्रता ४–१ बनेका थियो । एट्लेटिकोका लुइस सुआरेजले ५८ औं मिनेटमा गोल फर्काउदा खेलमा ४–२ को स्थिति बनेको थियो । आल्भेसले ६९ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो । २२ खेलमा बार्सिलोनाको ३८ अंक पुगेको छ । पाँचौ स्थानको एट्लेटिकोको ३६ अंक छ ।

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

July 4, 2024

मेस्सीले कोपा अमेरिका क्वाटरफाइनल खेल्नेमा शंका

एजेन्सी – अर्जेन्टिनाका स्टार फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले अमेरिकामा जारी कोपा अमेरिका २०२४को क्वाटरफाइनल खेल खेल्ने / नखेल्ने शंका रहेको छ । चोटका कारण मेस्सीले इक्वेडोर विरुद्धको क्वाटरफाइनल खेल्ने निश्चित नरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अर्जेन्टिना र इक्वेडोर बीचको क्वाटरफाइनल खेल शुक्रवार बिहान हुँदैछ । मेस्सीले गत साता चिली विरुद्धको समूह […]

Success

Thank you for your time.