default_image

3 years ago

February 6, 2022

आत्मघाती गोलले बायर्नको जित

262 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ । बायर्नले घरेलु मैदानमा आरबी लाइप्जिगलाई ३–२ ले हराएको हो ।

बायर्नको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका आन्द्र सिल्भा र क्रिस्टोफोर एनकुन्कुले गोल गरेपनि आत्मघाती गोल गर्न पुग्दा पराजित हुन पुग्यो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १२औं मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक गुलाक्सीले बचाएपनि रिवाउन्डका मुलरले सहजै फिनिस गरेका थिए ।

२७औं मिनेटमा आन्द्र सिल्भाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले कोनराड लेइमेरको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए । ३६औं मिनेटमा मुलरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

४४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । किङ्सले कोमानको क्रसमा लेवान्डोस्कीले हेडमार्फत सुन्दर गोल गरेका थिए । ५३औं मिनेटमा क्रिस्टोफोर एनकुन्कुले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । लेइमेरको पासमा एनकुन्कुले अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको अवस्थामा कुनै गल्ती गरेनन् ।

५८औं मिनेटमा जोस्को भार्डीओलले आत्मघाती गोल गरेपछि बायर्न खेलमा ३–२ ले अघि बढ्यो । सर्ज जिनाब्रीको क्रसलाई बचाउने क्रममा बलले आफ्नै पोस्टको दिशा लिदा गोलरक्षक गुलाक्सी पनि झुक्किन पुगे । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

यो जितसँगै बायर्नले यो सिजनको पनि उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शीर्षस्थानमा रहेको बायर्नको २१ खेलबाट ५२ अंक छ । बायर्नले एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डलाई ९ अंकले पछि पारेको छ । पराजित लाइप्जिग ३१ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

December 17, 2024

फाल्गुनन्द गोल्डकप- उद्घाटन खेल आयोजक‌ र करसाङबीच हुने

दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

Success

Thank you for your time.