default_image

3 years ago

February 4, 2022

फुटबल प्रशिक्षक अलमुताइरी सम्मानित

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई शुक्रबार सम्मान गरेका छन् । अलमुताइरीको प्रशिक्षणमा नेपाली टोली असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

टोलीका खेलाडी, सहायक प्रशिक्षकलाई गत महिना सम्मान गर्दा अलमुताइरी नेपालमा थिएनन् । साफ च्याम्पियनसिपपछि उनी माल्दिभ्सबाट कतार गएका थिए । सरकारले पहिलो पटक साफ च्याम्पियनसिपमो फाइनल पुगेको टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको थियो ।

नेपाली खेलाडीहरुमा पर्याप्त प्रतिभा रहेको र नेपालमा फुटबल प्रति मोह निकै रहेकोले अलमुताइरीले रंगशाला निर्माण गर्न सके थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउने प्रधानमन्त्रीलाई जानकारी गराएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले सरकार फुटबललाई सहयोग गर्न सधै तयार रहेको जनाउँदै मन्त्रालयमार्फत छलफल गर्न सुझाएको उपाध्यायले बताए । उपाध्यायले नेपाली टोली एसियन कप छनोटको तयारीमा रहेको प्रधानमन्त्रीलाई जानकारी दिएको बताए ।

माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा यसपटक पहिलो पटक फाइनल पुगेको थियो ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.