default_image

2 years ago

February 3, 2022

एन्फाद्वारा निर्वाचन कमिटी गठन

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न निर्वाचनको लागि निर्वाचन कमिटि गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औं कार्यसमिति बैठकले निर्वाचनका लागि निर्वाचन समिति र निर्वाचन अपिल समिति गठन गरेको हो ।

तर त्यो समितिमा मनोनित गरिएका व्यक्तिहरुलाई अब बस्ने साधारण सभाले अनुमोदन गर्नुपर्ने छ । निर्वाचन समितिको संयोजकमा अधिवक्ता श्रीराम दवाडी रहेका छन् । यसैगरी सह संयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ, प्रिति कार्कीलाई निर्वाचन समितिमा मनोनयन गर्न संघको २०औं विशेष साधरण सभा बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ ।

यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुईँटेल र सह–संयोजकमा सुधा रिजाल, सदस्यमा केशब मणि अर्याल, वैकल्पिक सदस्यमा यज्ञ बहादुर राना र राजेन्द्र इंगनाम रहेका छन् । उनीहरुको इन्ट्रीग्रिटी चेकजाँच एन्फा लेखापालन तथा अनुपालक समितिले गर्नेछ । यो निर्णय पछि फिफा र एएफसीमा पठाइनेछ । एन्फाको नयाँ नेतृत्व चयनका लागि आगनी जेठ १५ गते निर्वाचन हुँदैछ ।

यस्तै बैठकले आर्थिक वर्ष २०७७–७८ मा १९औं वार्षिक साधारण सभाबाट अनुमोदित वार्षिक कार्यक्रमहरु विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले स्थगित भएको हुँदा उक्र अनुमोदित बजेटलाई २०७८–७९ को आर्थिक वर्षभित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ ।

त्यसअघि एन्फा सदस्य किरण राईको संयोजकत्वमा रहको निर्वाचन निर्देशिका समितिले बुझाएको प्रतिवेदन पारित गरिएको थियो । यसैगरी एन्फा उपाध्यक्ष बीरबहादुर खड्का नेतृत्वको छानविन समितिले पनि प्रतिवेदन अध्यक्ष कर्माछिरिङ शेर्पालाई बुझाएको छ ।

July 7, 2024

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा

एजेन्सी – टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए […]

July 7, 2024

स्विट्जरल्यान्डलाई टाईब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरोको सेमिफाइनलमा

एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो । शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले […]

July 6, 2024

इङ्ल्यान्डलाई स्विट्जरल्यान्डको चुनौती

एजेन्सी – युरो कप २०२४ को तेस्रो क्वाटरफाइनल खेलमा आज इङ्ल्यान्ड र स्विट्जरल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ९:४५ बजे सुरु हुँदैछ । उपाधि दावेदारको रूपमा हेरिएको इंग्लिश टोलीले हालसम्म सन्तुष्टि प्राप्त गर्नलायक प्रदर्शन भने गरेको छैन । समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको इङ्ल्यान्डले समूह चरणमा १ गोल मात्र […]

Success

Thank you for your time.