3 years ago
February 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न विहीबार माल्दिभ्स प्रस्थान गरेका छन् ।
अफ्रिकी राष्ट्र मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि किरण १२ माघमा नेपाल आएका थिए । उनकै कप्तानी नेपालले मौरिसससँग दुवै खेलमा समान १–० को जित निकालेको थियो । नेपालले २९ जनवरी र १ फेब्रुअरीमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
किरण मौरिसससँगको दोस्रो खेलमा म्यान अफ द म्याच घोषित भएका थिए । उनले नेपाल १–० को अग्रतामा रहँदा मौरिसससँगको एक पेनाल्टी बचाएका थिए । किरण नेपालबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट ८२ क्याप जितेका छन् ।
किरण गत मंसिरमा माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसन सेन्टरमा आवद्ध भएका हुन् । किरणमा सामाजिक सन्जाल फेसबुकमा ‘राष्ट्रिय ड्युटी पूरा, अब मेरो क्लब माजिया’ का लागि र सबैलाई धन्यवाद भनेर लेखेका छन् ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]