default_image

3 years ago

February 1, 2022

डेब्युको प्रतिक्षामा ४ खेलाडी

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार मौरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दोस्रो खेलको लागि दुई परिवर्तन गरेका छन् । आजको खेलमा घोषित टोलीमा रहेका ४ खेलाडी पहिलो पटक टोलीमा पर्दै डेब्युको प्रतिक्षामा हुनेछन् ।

डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङले टोलीमा स्थान बनाएका छन् । पहिलो खेलमा दर्शनको नाम भएपनि सामान्य चोटका कारण उनको स्थानमा प्रशान्त अवस्थी पहिलो खेल बेन्चमा रहेका थिए । दोस्रो खेलमा दर्शन ठिक भएपछि प्रशान्त टोलीमा छैनन् । त्यस्तै चोटका कारण संघर्ष गरिरहेका डिफेन्डर अनन्तको स्थानमा मनिष डाँगी टोलीमा समेटिएका छन् । मनिषले पहिलो खेलमा बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

अनन्तको अनुपस्थितिसँगै दोस्रो खेलमा दीनेश राजवंशी र देवेन्द्र तामाङको जोडीले नै सेन्टर डिफेन्स सम्हाल्ने पक्का छ । उनीहरुलाई सुमन अर्याल र गौतम श्रेष्ठले साइड डिफेन्सबाट सहयोग गर्नेछन् । नविन गुरुङ पनि डेब्युको आशासहित टोलीमा समेटिएका छन् ।

गोलरक्षकमा विशाल श्रेष्ठले अवसर पाउन सक्छन् । पहिलो खेलमा विश्राम पाएका उनले दोस्रो खेलमा भने टोलीमा स्थान बनाएका छन् । विशालसँगै कप्तान किरण चेम्जोङ र शत्रुघन चौधरी टोलीमा रहनेछन् ।

मिडफिल्डमा पुजन उपरकोटी टोलीमा फर्कने सम्भावना छ । पहिलो खेलमा सुरज ज्यु ठकुरीले औसत प्रदर्शन गरेपछि पुजन पूर्ण रुपमा फिट भएर तेज तामाङसँग मिडफिल्ड सम्हाल्न सक्छन् । एरिक विष्ट र सुभाष गुरुङ राष्ट्रिय टोलीमा पुनरागमन गर्दा आशिष राई डेब्युको प्रतिक्षामा हुनेछन् । सुमन लामाले पहिलो रोजाइमा स्थान पाउन सक्छन् ।

आक्रमणमा अन्जन विष्ट र विमल घर्तीमगरले निरन्तरता पाउने देखिन्छ । सुनिल बललाई दोस्रो खेलमा विश्राम दिएका कारण मनिष डाँगी सुरुवात गर्न सक्छन् । सुशील राई डेब्युको लागि प्रयासरत रहँदा दर्शन पनि पुनरागमन गर्न आतुर छन् । आशिष लामा पहिलो खेलमा मैदान प्रवेश गर्न नपाएकाले दोस्रो खेलमा अवसरको प्रतिक्षामा हुनेछन् ।

डेब्युको अवसर कुरिरहेका ४ खेलाडी :

सत्रुघन चौधरी :

नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका गोलरक्षक सत्रुघन पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । पुलिसका लागि पछिल्लो समय प्रभाव जमाउँदै आएका उनले पहिलो पटक बन्द प्रशिक्षणमा परेकै अवसरमा अन्तिम टोलीमा स्थान बनाएका छन् । पुलिसका लागि लिगमा ६ खेल सुरुवात गरेका उनले २ क्लिनसिट राख्दै ४ गोल खाएका छन् । उनी नखेलेको दुई खेलमा भने पुलिसले ४ गोल खाएको थियो ।

विशेषगरी जावलाखेलविरुद्ध जितमा उनले सानदार बचाउ गरेका थिए । त्यो नै लिगमा पुलिसको एकमात्र जित हो । राष्ट्रिय टोलीमा डेब्यु गर्ने अवसर भने हाललाई कमजोर देखिन्छ । कप्तान किरण चेम्जोङ र विशाल श्रेष्ठ मध्य एकले आज सुरुवात गर्ने हुँदा बेन्चबाट गोलरक्षक परिवर्तन हुने सम्भावना कम छ ।

नविन गुरुङ :

न्यु रोड टिम (एनआरटी) का नविनले यस सिजन राम्रो प्रदर्शन गरेका छन् । लिगमा लगातार ८ खेल सुरुवाती रोजाइमा खेलेका उनले ७ खेलमा पूरा समय मैदानमा बिताएका छन् । लेफ्ट ब्याक नविनले फ्रेन्ड्सविरुद्ध खेलमा २ असिस्ट दिँदै आक्रमणमा पनि आफ्नो क्षमता देखाएका छन् । उमेर समूहमा पनि नेपालको लागि खेलिसकेका उनले लिगअघि नेपाल यू-२३ टोलीमा स्थान बनाएका थिए । डिफेन्समा निकै कम विकल्प रहेकाले प्रशिक्षक अलमुताइरीले दोस्रो हाफपछि उनलाई प्रयोग गर्ने सम्भावना छ ।

आशिष राई :

च्यासलबाट खेल्दै आएका मिडफिल्डर आशिष राईले नेपाल सुपर लिगमा च्याम्पियन काठमाडौं रेजर्सबाट खेलेका थिए । उनले त्यसअघि आर्मीको उमेर समूहको टोलीबाट पनि खेलेका छन् । प्रशिक्षक अलमुताइरीले उनलाई प्रारम्भिक टोली घोषणा भएपछि ढिलो गरि टोलीमा समेटेका थिए ।

पोखरामा भएको मनाङ र च्यासलविरुद्ध खेलमा उनको टोली ५-० ले पराजित भएपनि आशिषको प्रदर्शनबाट प्रभावित भएपछि प्रशिक्षक अलमुताइरीले उनलाई टोलीमा राखेका थिए । नेपालले खेल्ने ४-३-३ को बक्स टु बक्स मिडफिल्डमा उनी फिट हुने खेलाडी हुन् । युवा अवस्था, प्राविधिक निपुणता र रणनीतिक पक्षमा पनि फिट हुने भएकाले उनले अवसर पाउन सक्छन् ।

सुशील राई :

सातदोबाटो युवा क्लबका लागि प्रभावशाली प्रदर्शन गर्दै सुशीलले राष्ट्रिय टोलीको छनोटमा स्थान बनाएका हुन् । गत सिजन रुस्लान थ्री स्टारमा जमेपछि चर्चामा आएका सुशीलले सातदोबाटोमा प्रदर्शन सुधार गरेका छन् । प्रशिक्षक मेघराज केसीले थ्री स्टार छाडेर सातदोबाटो जाँदा उनलाई सँगै लग्नुले पनि सुशीलको महत्त्व बुझ्न सकिन्छ ।

आक्रमणमा तीव्र गति उनको मुख्य हतियार हो । राइट विङ्गमा सहज मान्ने उनले लिगको पछिल्लो खेलहरु भने चोटका कारण जम्न सकेनन् । प्रशिक्षण क्याम्पमा पनि केहि विश्रामपछि मात्र पूर्ण सहभागिता जनाएका थिए । उनको फिटनेस र टोलीमा आवश्यकता हेर्दा दोस्रो हाफको अन्त्यतिर अनुभवका लागि अलमुताइरीले सुशीललाई प्रयोग गर्ने सम्भावना छ ।

दोस्रो खेलको लागि घोषित टोली :

गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, सत्रुघन चौधरी

डिफेन्डर : गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नविन गुरुङ

मिडफिल्डर : सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी

फरवार्ड : अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुशील राई, मनिष डाँगी, दर्शन गुरुङ

नेपाल विरुद्ध मौरिससको प्रत्यक्ष प्रसारण यहाँ हेर्नुहोस

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.