default_image

3 years ago

January 31, 2022

पुलिस र च्यासलको स्थगित खेल शनिबार हुने

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित भएको खेल शनिबार हुने भएको छ । त्यो खेलसँगै लिगको नवौं चरणका खेल सम्पन्न हुनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको हो । खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । यसअघि यो खेल माघ २ गतेका लागि तय भएको थियो । तर, च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्तिम समयमा एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको थियो ।

पुलिस र च्यासल दुवै टोलीले यो सिजनमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पुलिस ८ खेलबाट ७ अंक जोडेर ११औं स्थानमा रहेको छ । पुलिसले १ खेलमा जित हात पार्दा ४ बराबरी र ३ हारको नतिजा निकालेको छ । खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराव प्रदर्शन गर्दा ८ खेलबाट ५ अंक जोडेर रेलिगेसन खतरासहित १३औं स्थानमा रहेको छ । च्यासलले १ जित, २ बराबरी र ५ हारको नतिजा निकालेको छ ।

गत वर्षको लिग च्याम्पियन मछिन्द्र अपराजित रहँदै ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहँदा आर्मी १७ अंकसहित तेस्रो तथा थ्री स्टार १६ अंक जोडेर शीर्ष चारमा रहेको छ । संकटा, एनआरटी। सातदोबाटो, हिमालयन शेर्पा, एपिएफ र जावलाखेल क्रमश पाँचौदेखि १०औं स्थानमा रहेका छन् ।

बीबीसी १२औं तथा जितविहीन फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ । एन्फाले बाँकी चार राउन्डको २८ खेलको तालिका भने सार्वजनिक गरेको छैन । १०औं राउन्डको खेलहरु माघको अन्तिमबाट शुरु हुने एन्फाले जनाएको छ ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.