3 years ago
January 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– लगातार २१ वर्षसम्म गोल्डकप आयोजना गरेर पोखराको सहारा क्लबले अलग इतिहास बनाइसकेको छ। केन्द्रमा फुटबल विवाद होस्, देशमा द्वन्द्वकाल होस्, पोखरा रंगशालाको निर्माण कार्य होस् वा पछिल्लो दुई संस्करण कोरोना प्रभाव, कुनै संस्करण गोल्ड कप रोकिएन । त्यसले पनि सहाराको अलग पहिचान बनाइसकेको छ ।
२०५८ सालमा क्याराभान गोल्डकपका नामबाट सुरु भएको प्रतियोगिताको त्यसपछिको नाम आहा रारा गोल्ड कप रहेको थियो । त्यसको पनि शनिबार २० औं संस्करण पूरा भएको छ । सम्भवतः एउटै प्रायोजकले २० औं संस्करण सम्म प्रायोजन गरेको अर्को उदाहरण पनि घरेलु फुटबलमा दुलर्भ नै हुनुपर्दछ ।
पर्यटकिय नगरी भएकाले मात्र होइन पोखराको माहोलमा हरेक क्लब आफ्नो उपस्थिति जनाउन चाहन्छन् । पोखराको फुटबल संस्कार पनि लोभ लाग्दो नै छ । सामाजिक काम गर्ने उद्देश्यका साथ गठन भएको सहाराले त्यसपछि गोल्ड कप आयोजना र त्योसँगै अनाथहरुका लागि एकेडेमी चलाएर उदाहरण प्रस्तुत गरिरहेको छ । निरन्तर रुपमा क्लबलाई कुशलतापूर्वक सञ्चालन गर्नु र आफ्ना कामहरुलाई निरन्तरता दिनु पक्कै चुनौतीपूर्ण काम नै हो ।
हरेक संस्करणको समाप्तीसँगै आहा गोल्डकपको इतिहासमा नयाँ अध्याय थपिन्छ नै । यसपटक अर्को अध्याय थपिएको छ । एपिएफ फुटबल क्लब पहिलो पटक च्याम्पियन बनेर फर्केको छ । क्याराभानसहित आहाको २१ औं संस्करणमा आइपुग्दा गोल्डकप जित्ने एपिएफ सातौं क्लब बनेको छ । त्यसअघि ६ क्लबले मात्र आहा गोल्ड कपको उपाधि जित्न सकेका छन् । त्यसमा पनि आधा भन्दा बढी उपाधि घरेलु फुटबलका सफल र चर्चित ३ क्लबको नाममा रहेको छ ।
नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले मात्र कुल १७ पटक आहा! रारा गोल्डकपको उपाधि जितेका छन् । त्यसबाहेक अफ्रिकन युनाइटेड क्लब, आयोजक सहारा, गत वर्ष संकटा क्लब र यो पटक एपिएफले आहा! गोल्ड कपमा आफ्नो नाम लेखाएको छ । क्याराभान र त्यसपछि ५ पटक गरि समग्रमा पुलिस ६ पटक च्याम्पियन बनेको छ । मनाङले पनि समान ६ पटक नै आहा राराको उपाधि उचालेको छ । दोस्रो सर्वाधिक सफल टोलीमा थ्री स्टार ५ पटक च्याम्पियन बनेर फर्केको छ । बाँकी ४ टोलीले भने समान १ पटक उपाधि जितेका छन् ।
आहा ! रारा गोल्डकपका विजेता र उपविजेता
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]