3 years ago
January 29, 2022
प्रकाश तिमल्सिना, काठमाडौं
आशालाग्दा फरवार्ड विमल घर्तीमगरले दुई वर्षभन्दा लामो समयपछि राष्ट्रिय टोलीबाट गरेको पूनरागमनलाई सुखद बनाएका छन् । मौरिससविरुद्ध दशरथ रंगशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा उनकै गोलमा नेपाल १–० ले विजयी भयो ।
खेलको ५५ औं मिनेटमा उनले एकमात्र गोल गरेका थिए । उमेर समूहदेखिकै सहकर्मी अन्जन विष्टले दिएको चलाखीपूर्ण पासलाई विमलले गोलमा परिणत गरेका थिए । गोलपछिको खुसीयाली मनाउँदा लाग्थ्यो उनी त्यो क्षणका लागि प्रतीक्षरत थिए । खुसीयाली मनाउँदा झण्डै झण्डै जर्सी खोल्ने मुडमा देखिन्थे । फेरि के सोचे त्यहि क्रममा दौडदै प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई अंगालो हाल्न पुगे । अलमुताइरी पनि यत्ति खुसी थिएकी विमलको गोलको खुसीयाली मनाउँन उनी मैदान भित्रै छिरे। अन्य खेलाडी पनिसँगसँगै खुसी मनाउन नपुग्ने कुरै भएन ।
चोटमुक्त भएर मैदान फर्केको छोटो समयमा नै अलमुताइरीले आफूमाथि देखाएको विश्वासका कारण सायद विमल उनलाई धन्यवाद दिन चाहन्थे । त्यसैले पहिलो खुसी नै उनले अलमुताइरीसँग साटे । खुसी नहुनु पनि किन । पछिल्लो दुई वर्षभन्दा केहि लामो समय विमलको खेल जीवनको खराब समयमध्येको थियो ।
म्यानम्यारविरुद्ध २०७६ कात्तिक २१ गते मैत्रीपूर्ण खेलपछि विमल शनिबार पहिलो पटक राष्ट्रिय टोलीको जर्सीमा उत्रने अवसर पाएका हुन् । अझ उनले गोल त झण्डै ४० महिनपछि गरेका हुन् । २०७५ भदौ २३ गते साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्धको २–० को जितमा विमलले पहिलो गोल गरेका थिए । त्यसयता विमलको यो पहिलो गोल हो । यो उनको नवौं अन्तर्राष्ट्रिय गोल थियो ।
म्यानमारसँगको खेलपछि विमल सुरुमा प्रतिबन्ध र त्यसपछि चोटका कारण मैदान बाहिर रहनु परेको थियो । दुई वर्षअघि जब उनीसँग राष्ट्रिय टोलीका ४ जना अनुशासनको कारवाहीमा पर्दा धेरै समर्थक निराश भएका थिए । कुवेतविरुद्ध विश्वकप खेल्न भुटान जाने दिननै उनीहरुमाथि कारवाही भएको थियो । विमल ९० दिनको प्रतिबन्धमा परे । उनीसँगै कारवाहीमा परेकाले स्वदेशमा २०७६ पुसमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने अवसर गुमाउनुपर्यो । १३ औं को स्वर्ण जित्ने टोलीको सदस्य बन्ने आफ्नै कारण पूरा हुन सकेन ।
कारवाही फुकुवा भएपछि उनी अघिल्लो सिजन लिगको अन्तिम खेलमा मच्छिन्द्र फुटबल क्लबबाट मैदान उत्रिए । संयोगवश मछिन्द्रको पहिलो लिग उपाधिको सारथी विमल बने । त्यसपछि मोसफलका थुप्रै प्रतियोगिता पनि खेले । त्यहि बलमा गत वर्ष पुसमा उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किए । तर, दुर्भाग्य । प्रशिक्षणका दौरान चोटग्रस्त हुन पुगे । घुँडामा गम्भिर चोट लाग्यो ।
विमलको उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघको सहयोग माग्यो । झण्डै ९ महिना कतार बसेर असोजमा स्वदेश फर्किए । लिगका लागि फेरि मच्छिन्द्रमा आबद्ध भए । लिगको नवौं चरण (एक खेल बाँकी) समाप्ती हुँदा विमलले विस्तारै लयमा फर्कने प्रयास गरिरहेको छ । लिगमा ३ गोल पनि गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलका लागि लिग स्थगित गर्दा विमलले भने त्यसको भरपूर फाइदा उठाउँन पाएका छन् । भाग्यले पनि साथ दिएकै भनौ, सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध विमलले बराबरी गोल गरेका थिए । त्यो नै राष्ट्रिय टोलीबाट उनको पहिलो गोल थियो । पाकिस्तानविरुद्ध उनले दशरथ रंगशालाको पूर्वतर्फ रहेको जुन पुोष्टमा गोल गरेका शनिबार मौरिससविरुद्ध पनि त्यहि पोष्टमा गोल गरेका छन् ।
खेलपछि विमलको गोलका लागि खुसी व्यक्त गर्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उनले आउने केहि समय संयम रहनुपर्ने अभिव्यक्ति दिए । ‘विमलको लागि अबको ४८ घण्टा महत्त्वपूर्ण छ । उनले यो गोललाई अर्को एक कदमको रुपमा लिनुपर्छ, न कि यसैमा उठेर बस्ने हो । समर्थक, मिडिया, सामाजिक संजालमा जे आएपनि उनि त्यहि विमल हुन् । उनले यो राम्रोसँग बुझ्न जरुरि छ,’ अलमुताइरीले भने ।
अलमुताइरीले विमलले यो गोलबाट अघि बढेर आउने दिनको बारेमा सोच्नुपर्ने पनि बताए । ‘विमलको लागि यो गोल महत्त्वपूर्ण थियो । पक्कैपनि थियो । तर अब उनले अघि हेर्नुपर्छ । यतिले मात्र हामीलाई पुग्दैन । हामीले उनीबाट धेरै अपेक्षा राखेका छौं । विमल टोलीका हरेक सदस्यजस्तै हुन्,’ उनले थपे, ‘हाम्रो टोलीमा रहेका २३ खेलाडी, ३४ खेलाडी, सयौं खेलाडी र हजारमध्य विमल अर्का एक खेलाडी हुन् । उनको आफ्नो भूमिका छ । अब उनले अझै मिहिनेत गरेर देशका लागि राम्रो प्रदर्शन गर्नुपर्छ ।’
विमल प्रशिक्षक अलमुताइरीले घोषणा गरेको मौरिससविरुद्ध मैत्रीपूर्ण खेलको दोस्रो टोलीमा पनि छन् । सम्भवत उनले दोस्रो खेलमा पनि सुरुवात नै गर्नेछन् । राष्ट्रिय टोलीमा पुनरागमन गरेकै खेलमा गोल गरेपछि स्वभाविक रुपमा उनको मनोबल उच्च हुनेछ । राष्ट्रिय टोलीका लागि ९ गोल गरिसकेका विमलको अर्को खेलमा पनि त्यसलाई दोहोरो अंकमा पुर्याउने लक्ष्यमा हुनेछन् ।
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक केपी ओली फुटबल क्लब न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्पलेक्समा भएको दोस्रो क्वाटरफाइनलमा केपीले १-० को जित दर्ता गरेको हो । दोस्रो हाफमा सुरज ज्यू ठकुरीले गरेको गोल नै निर्णायक सावित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा केपी एफसीका लागि […]