3 years ago
January 29, 2022
एजेन्सी – युइएफएले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका बेल्जियन फरवार्ड यान्निक कारास्कोलाई तीन खेलको प्रतिबन्ध लगाएको छ । यान्निकले च्याम्पियन्स लिग अन्तरगत समूह चरणको अन्तिम खेलमा पोर्टाेविरुद्धको खेलमा रातो कार्ड पाएका थिए ।
यो कारवाहीले एट्लेटिको म्याड्रिड र प्रशिक्षक डिएगो सिमिओन दुवैलाई झट्का लागेको छ । युइएफएको अनुशासन कमिटिले शुक्रबार उनलाई तीन खेलको प्रतिबन्ध सुनाएको हो । युइएफएको आचारसंहिताको धारा १५ ले कुनै खेलाडी वा खेलमा उपास्थित अन्य व्यक्तिलाई केही गरेको अवस्थामा तीन खेलसम्मको प्रतिबन्ध हुने उल्लेख छ ।
यससँगै कारास्कोले च्याम्पियन्स लिग अन्तरगत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध प्रि–क्वाटरफाइनलको दुवै लेगसँगै सम्भावित क्वाटरफाइनलको पहिलो लेगको खेल गुमाउनेछन् । कारास्कोले पोर्टाेका ओटाभियोलाई घाँटीमा समातेर बल प्रयोग गरी मुक्का हान्ने कार्य गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएको थियो ।
एट्लेटिकोले यस सिजनमा युइएफद्धारा कठोर व्यवहार गरेको महसुस गरेको छ । यसअघि युइएफएले एन्टोइन ग्रिजमनलाई दुई खेलको प्रतिबन्ध सुनाएपनि पछि एक खेलको मात्रै प्रतिबन्ध सुनाएको थियो ।
December 16, 2024
हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]
December 16, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले […]
December 16, 2024
एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई […]