3 years ago
January 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध हुने पहिलो मैत्रीपूर्ण खेलअघि मौरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाली टोलीको प्रशंसा गरेका छन् ।
मौरिसस दुई वर्षको अन्तरालपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । कोरोना संक्रमणका कारण मौरिससमा घरेलु फुटबल बन्द भएको पनि एक वर्ष बितिसकेको छ । यस्तो अवस्थामा संघले उपलब्ध खेलाडीलाई क्याम्पमा राख्दै मैत्रीपूर्ण खेलको लागि तयारी गरेको थियो । नेपाल आएको टोलीमा विदेशी लिग खेल्ने खेलाडीको उपस्थिति भने रहेको छैन । टोलीले डेढ महिना एकसाथ प्रशिक्षण गरेर नेपाल आएको हो ।
प्रशिक्षक फ्रान्कोइसले नेपाली टोलीको खेलको प्रशंसा गर्दै खेल सहज नहुने बताए । ‘नेपाल बलियो टोली हो । हामीले माल्दिभ्समा भएको खेल पनि हेरेका छौं । हामी केहि एथ्लेटिक टोली हौं भने नेपालको शारीरिक बनावट र खेल्ने शैली मेल खाएको छ । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ उनले भने ।
मौरिससले गत डिसेम्बरदेखि अफ्रिकी कप अफ नेसन्सको छनोटका लागि तयारी गरिरहेको प्रशिक्षक टोनीले जानकारी दिए । उनले यसपटक घरेलु फुटबलमा खेलिरहेका केहि नयाँ अनुहारसहित टोली निर्माण भएको बताए । उनले नेपालविरुद्ध दुवै खेल नयाँ खेलाडीका लागि अनुभवको लागि समेत महत्त्वपूर्ण हुने अभिव्यक्ति दिए ।
‘हामी दुई खेल खेल्दैछौं । यसपटक हामीले केहि युवा खेलाडीलाई पनि टोलीमा ल्याएका छौं । पहिलो पटक टोलीमा परेका खेलाडी पनि छन् । उनीहरुलाई नेपालविरुद्ध खेल राम्रो अनुभव हुनेछ । हाम्रो मुख्य लक्ष्य मार्चमा हुने अफ्रिकी कप अफ नेसन्सको तयारी गर्नु हो । यो खेलले हामीलाई पक्कै मदत पुग्नेछ,’ उनले भने ।
मौरिसस नेपाल आइपुगेको दिन नै ४ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित खेलाडीले पहिलो खेल गुमाउने जानकारी प्रशिक्षक टोनीले दिए । उनले आइतबार आइसोलेसन पूरा गरेपछि मात्र ति खेलाडी टोलीमा सामेल हुने बताए ।
यस्तै मौरिससका कप्तान केभिन ओब्राएनले पनि टोलीले राम्रो तयारी गरेको बताए । ‘हामीले राम्रो तयारी गरेका छौं । नेपाल निकै राम्रो टोली हो । राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा छ,’ उनले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालाको सिट क्षमताको एक तिहाइ दर्शकलाई राखेर खेल सञ्चालन गर्ने जनाएको छ । रंगशालाको दर्शक क्षमता १६ हजार ५ सय रहेको बताइन्छ । त्यसअर्थ झण्डै ५ हजार दर्शकले मैत्रीपूर्ण खेल रंगशाला पुगेर हेर्ने पाउनेछन् ।
नेपाल र मौरिससबीच शनिबार र मंगलबार दुई मैत्रीपूर्ण खेल हुनेछ । खेल दिउँसो ४:४५ बजे सुरु हुने बताइएको छ । त्यसका लागि मौरिसस टोली सोमबार काठमाडौं आइसकेको छ । एन्फाले रंगशालाको भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ सय रुपैयाँ तोकेको छ । स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गरिने खेलमा दर्शकले अनिवार्य रुपमा खोप लगाएको कार्ड लिएर जानुपर्ने एन्फाले बताएको छ ।
January 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा बुधवार वालिङ नगरपालीका र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमने सामने हुदै छन् । खेल सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा एक जित र एक बराबरीको साथ आर्मी तेस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा पराजित वालिङ अंक बिहीन रुपमा […]
January 8, 2025
एजेन्सी – न्युक्यासलले इङ्ग्लिस लिग कपको सेमिफाइनल खेलको पहिलो लेगमा आर्सनललाई पराजित गरेको छ । बुधवार बिहान आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल २-० गोलले विजयी भएको हो । पाहुना टोली न्युक्यासलको जितमा अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे । दोस्रो लेगको खेल आगामी फेब्रुअरी ५ मा हुनेछ । इसाकले खेलको ३७औं […]
January 7, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]