3 years ago
January 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार अफ्रिकी राष्ट्र मौरिससविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दुई खेल अन्तर्गत शनिबार दशरथ रंगशालामा खेल्नुअघि दुवै टोलीका कप्तान र प्रशिक्षकले आ-आफ्नो धारणा राखे ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध खेल टोलीका लागि फरक अनुभव हुने बताए । ‘हामीले अफ्रिकी राष्ट्रसँग पहिलो पटक खेल्न लागेका छौं । फरक अनुभव हुनेछ । हामी मैदानमा सधैं जितको लागि नै खेल्न जान्छौं । यसपटक पनि सोही लक्ष्य रहनेछ,’ उनले भने ।
किरण माल्दिभ्सबाट दुई दिनअघि मात्र नेपाल आइपुगेका हुन् । व्यावसायिक फुटबल खेल्न माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनमा आबद्ध किरणको टोलीले आइतबार भएको माल्दिभ्सको प्रेसिडेन्ट कपको फाइनलमा क्लब भ्यालेन्सियासंग हार बेहोरेको थियो । किरणले विहीबारदेखि राष्ट्रिय टोलीसँग प्रशिक्षण थालेका थिए ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसपटक दुई मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय प्रारम्भिक टोलीका सबै खेलाडी समेट्दै दुई खेलका लागि फरक टोली घोषणा गरेका छन् । प्रशिक्षकको योजनाबारे भने आफूलाई खास जानकारी नभएको कप्तान किरणले बताए । उनले लिगको प्रदर्शनको आधारमा छनोट परेका खेलाडीको हौसला बढाउन यस खेलले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालाको सिट क्षमताको एक तिहाइ दर्शकलाई राखेर खेल सञ्चालन गर्ने जनाएको छ । रंगशालाको दर्शक क्षमता १६ हजार ५ सय रहेको बताइन्छ । त्यसअर्थ झण्डै ५ हजार दर्शकले मैत्रीपूर्ण खेल रंगशाला पुगेर हेर्ने पाउने अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले बताएका छन् ।
नेपाल र मौरिससबीच शनिबार र मंगलबार दुई मैत्रीपूर्ण खेल हुनेछ । खेल दिउँसो ४:४५ बजे सुरु हुने बताइएको छ । त्यसका लागि मौरिसस टोली सोमबार काठमाडौं आइसकेको छ ।
एन्फाले रंगशालाको भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ सय रुपैयाँ तोकेको छ । स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गरिने खेलमा दर्शकले अनिवार्य रुपमा खोप लगाएको कार्ड लिएर जानुपर्ने एन्फाले बताएको छ ।
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]