default_image

3 years ago

January 27, 2022

शाक्य अब ‘फिफा सहायक रेफ्री’

274 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ को लागि फिफा रेफ्री सुची सार्वजानिक गरेको छ । यसक्रममा गत वर्षबाट नेपालको फिफा रेफ्री सुचिमा एक परिवर्तन भएको छ ।

राष्ट्रिय रेफ्री राधिका शाक्य सन् २०२२ को लागि फिफा सहायक रेफ्रीमा बढुवा भएकी छिन् । २०७२ सालमा एन्फा रेफ्री प्रशिक्षण लिएकी ३१ वर्षीय शाक्यले एक दशकयता स्थानीय स्तरमा रेफ्री गर्दै आएकी छिन् । उनी २०७५ सालमा राष्ट्रिय रेफ्रीमा बढुवा भएकी थिइन् ।

गत वर्षको अन्त्यसँगै विना श्रेष्ठले रेफ्री करिअरबाट बिदा लिने निर्णय गरेसँगै उनको स्थानमा राधिका फिफा सहायक रेफ्रीमा नियुक्त भएकी हुन् । नेपालबाट गत वर्षजस्तै ५ फिफा रेफ्री र ७ फिफा सहायक रेफ्री रहेका छन् ।

फिफा रेफ्रीमा पुरुषतर्फ कविन ब्यन्जनकार, प्रज्वल क्षेत्री, नविन्द्र महर्जन र प्रकाशनाथ श्रेष्ठ छन् भने महिलातर्फ अन्जना राई छिन् । सहायक रेफ्रीमा शाक्यसँगै विक्रम चौधरी, माधव खत्री, युनाल मल्ल, सहदेव श्रेष्ठ, नानीराम थापा र किशन यादवले निरन्तरता पाएका छन् ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.