default_image

2 years ago

January 26, 2022

पूर्व कप्तान खड्काविरुद्ध अख्तियारद्वारा आरोप पत्र दायर

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सेवामा रहँदा झुट्टा प्रमापत्र पेश गरेको भन्दै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काविरुद्ध बुधबार आरोप पत्र दायर गरेको छ ।

अख्तियारले सरकारलाई हानि नोक्सानी पुर्याई आफू समेतलाई लाभ हुने बदनियत राखी गरेको र उक्त कार्य साविक भ्रटाचार निवारण ऐन र प्रचलित भ्रष्टाचार निवारण ऐन अनुसार कसुर गरेको प्रमाण पुष्टि हुन आएकोले दण्ड सजाय हुन मागदाबी गरि आरोप पत्र दायर गरेको जनाएको छ ।

महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको केन्द्रिय खेलकुद समितिमा कार्यरत प्रहरी नायब निरिक्षक खड्काको शैक्षिकत योग्यता आइएको प्रमाणपत्र नक्कली रहेको भन्नु उजुरीका आधारमा अनुसन्धान हुँदा झुट्टा प्रमाणपत्र पेश गरेको र सोही प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते प्रतिस्पर्धाबाट प्रहरी सायक निरिक्षक पदमा नियुक्त भएको अख्तियारले उल्लेख गरेको छ । त्यस्तै प्रहरी सेवामा निरन्तर वहाल रहि २०५९ पुस १४ गते खड्का प्रहरी नायब निरीक्षक पदममा बढुवा भइ सरकारलाई हानी नोक्सानी पुर्याई लाभ हुने बदनियत राखेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खड्काले प्रहरी सेवामा माध्यामिक शिक्षा परिषद् बाराणशी उत्तरप्रदेश भारतको शैशिक्षक योग्यता आइएको झुट्टा प्रमाण पत्र पेश गरेको आरोप लगाएको छ । खड्का राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक १३ गोल गर्ने २ खेलाडी मध्येका एक हुन् । उनी हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला विभागका प्रमुख हुन् ।

महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक समेत रहिसकेका खड्का सन् २०१५ मा राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षक समेत रहेका थिए । खड्काको कप्तानीमा नेपाल पुलिस क्लबले २०६३ सालमा सहिद स्मारक ए डिभिजन लिग जितेको थियो । २०६४ मा उनी लिगका सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।

July 1, 2024

फ्रान्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – बेल्जियमलाई हराउँदै फ्रान्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो । खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको […]

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

Success

Thank you for your time.