3 years ago
January 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले यसै साता अफ्रिकी राष्ट्र मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई फरक टोली घोषणा गरेका छन् ।
प्रारम्भिक छनोटमा बोलाइएका ३४ खेलाडीलाई दुई टोलीमा बाँड्दै अलमुताइरीले मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेका हुन् । उनले खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अनुभव थप्ने लक्ष्यसहित नाम घोषणा गरेका हुन् । यसक्रममा उनले १२ खेलाडीलाई दुवै टोलीमा समेटेका छन् भने ११-११ खेलाडीले एक मात्र खेलमा स्थान बनाएका छन् ।
यस किसिमको टोली घोषणासँगै पहिलो पटक प्रारम्भिक छनोटमा परेका ९ खेलाडीले राष्ट्रिय टोलीको अन्तिम टोलीमा स्थान बनाउन सफल भएका छन् । प्रशिक्षक अलमुताइरीले लिगमा गरेको प्रदर्शनलाई आधार मान्दै गोलरक्षकद्वय टिकेन्द्र थापा र शत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, आशिष राई, सुदीप गुरुङ तथा फरवार्ड प्रशान्त अवस्थी र सुशील राईलाई पहिलो पटक टोलीमा छनोट गरेका थिए ।
टोलीमा पहिलो पटक परेका खेलाडीले भने एक खेलमा मात्र नाम बनाएका छन् । अनुभवी खेलाडीले भने दुवै टोलीमा स्थान पक्का गरेका छन् । त्यस्तै चोटका कारण संघर्ष गरिरहेका केही खेलाडी भने पहिलो खेलमा परेका छैनन् । डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर एरिक विष्ट, युवा फरवार्ड सुशील राई लगायत खेलाडीले दोस्रो खेलमा मात्र अवसर पाएका छन् ।
दुवै टोलीमा हुने खेलाडी :
गोलरक्षक : किरण चेम्जोङ
डिफेन्डर : गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डर : सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ
फरवार्ड : अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर
पहिलो खेलको लागि घोषित टोली :
गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, टिकेन्द्र थापा
डिफेन्डर : गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डर : सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, आकाश बुढा मगर, नितिन थापा
फरवार्ड : अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुनिल बल, जगजित श्रेष्ठ, कृतिश रत्न छुन्जु, दर्शन गुरुङ
दोस्रो खेलको लागि घोषित टोली :
गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, सत्रुघन चौधरी
डिफेन्डर : गौतम श्रेष्ठ, दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नविन गुरुङ, अनन्त तामाङ
मिडफिल्डर : सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी
फरवार्ड : अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, सुशील राई, प्रशान्त अवस्थी
पहिलो खेलमा मात्र परेका खेलाडी : दीप कार्की, टिकेन्द्र थापा, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, आकाश बुढा मगर, नितिन थापा, सुनिल बल, जगजित श्रेष्ठ, कृतिश रत्न छुन्जु, दर्शन गुरुङ
दोस्रो खेलमा मात्र परेका खेलाडी : विशाल श्रेष्ठ, सत्रुघन चौधरी, नविन गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी, सुशील राई, प्रशान्त अवस्थी
नेपाली टोलीमा रहेका खेलाडीको लिगको प्रदर्शनबारे विस्तृत जानकरी यहाँ लिनुहोस्
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]