default_image

3 years ago

January 25, 2022

नेपाल र मौरिससको खेलमा दर्शकलाई प्रवेश दिइने

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र मौरिससको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शक प्रवेश खुला गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालाको सिट क्षमताको एक तिहाइ दर्शकलाई राखेर खेल सञ्चालन गर्ने जनाएको छ । रंगशालाको दर्शक क्षमता १६ हजार ५ सय रहेको बताइन्छ । त्यसअर्थ झण्डै ५ हजार दर्शकले मैत्रीपूर्ण खेल रंगशाला पुगेर हेर्ने पाउने अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले बताएका छन् ।

नेपाल र मौरिससबीच शनिबार र मंगलबार दुई मैत्रीपूर्ण खेल हुनेछ । खेल दिउँसो ४:४५ बजे सुरु हुने बताइएको छ । त्यसका लागि मौरिसस टोली सोमबार काठमाडौं आइसकेको छ ।

एन्फाले रंगशालाको भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ सय रुपैयाँ तोकेको छ । स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गरिने खेलमा दर्शकले अनिवार्य रुपमा खोप लगाएको कार्ड लिएर जानुपर्ने एन्फाले बताएको छ ।

यो पनि : नेपाल आइपुगेको मौरिससका ४ खेलाडीमा कोरोना संक्रमण

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

December 18, 2024

जुनियरले जिते फिफा द वेस्ट अवार्ड

एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

Success

Thank you for your time.