3 years ago
January 25, 2022
पोखरा (हाम्रो खेलकुद)– पोखरा रंगशालामा जारी आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल र फाइनलमा दर्शकलाई प्रवेश दिइने भएको छ ।
आयोजक सहारा क्लबले मंगलबार विज्ञप्ती जारी गर्दै सरकारको स्वीकृति अनुसार कुल दर्शक क्षमताको एक तिहाई दर्शक राख्ने गरि सेमिफाइनल र फाइनलको टिकट विक्री गरिने जनाएको छ । १६ हजार दर्शक क्षमता रहेको भनिएको रंगशालामा झण्डै ५ हजार ५ सय टिकट विक्री गरिने क्लबले जनाएको छ । क्वार्टरफाइनल सम्मका खेल विना दर्शक खेलाइएको थियो ।
आहा राराको २० औं संस्करणमा मंगलबार सेमिफाइनल समिकरण पूरा भएको छ । थ्री स्टार क्लबलाई १–० ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । बुधबार एपिएफ र मछिन्द्र तथा बिहीबार मनाङ र आर्मीबीच सेमिफाइनल खेल हुनेछ । फाइनल शनिबार हुनेछ ।
सेमिफाइनल र फाइनल खेलका टिकट प्रभु पेको अनलाइन एपबाट समेत गर्न सकिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । क्लबले प्रति टिकट दर ३ सय रुपैयाँ तोकेको छ । खेल हेर्ने चाहाने दर्शकले खोप लगाइसकेको कार्ड अनिवार्य रुपमा लिएर रंगशाला जान क्लबले अनुरोध गरेको छ । आहाको विजेताले उपाधिसहित १० लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
आहा रारा गोल्डकपको सम्पूर्ण खेल तालिका तथा नतिजाको लागि यहाँ थिच्नुहोस
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]